Skip to content

पूर्वमहालेखा परीक्षक अधिकारीको निधन

  • सिए सरोकार सम्बाददाता
काठमाडौं । पूर्वमहालेखा परीक्षक नरकान्त अधिकारीको निधन भएको छ । उनको १०१ वर्षका उमेरमा बिहीबार बिहान आफ्नै निवास लैनचौरमा निधन भएको हो ।
नेपाल सरकारका अर्थ, रक्षा र कृषि सचिव रहेका अधिकारीले निजामती सेवामा लामो अनुभव हासिल गरेका छन् । यस्तै उनले नेपालको निजामती प्रशासन र धार्मिक विषयमा पुस्तकहरू पनि लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्