Skip to content

सिए सप्ताहको पहिलो बहसनै सनसनीपूर्ण, सम्बन्धनका नाममा बेइमानीको व्यापार भइरहेको नवराज बुर्लाकोटीको आरोप !

नबराज बुर्लाकोटी । यति भनेपछि उनको थप परिचय दिइरहनु नपर्ला । काठमाडौँमा नाम, दाम र पहिचान सबै कमाएको एउटा सिए ।  उनको स्पष्ट कुरा गर्ने , सटिक विचार राख्ने र रमाइलो गरीरहनुपर्ने स्वभावसँग धेरैजना परिचित छन् । विद्यार्थीहरुलाई निकै राम्रो काउन्सिलिङ गर्ने उनै नबराज बुर्लाकोटीसँग सिए सप्ताहको पहिलो बहस भयो । दर्शकले अपेक्षा गरेका लगभग सबैजसो जिज्ञासा पूरा भए । 
करिव एक घण्टा सिएका कुरा भए । तर बहस अघि बढ्दै जाँदा खास कुराहरु उठे । उनी त निर्धक्कसँग नै बोले तर उनले बोलेका कतिपय कुरा वा तथ्य ‘सामान्य’ मात्रै थिएनन् । त्यसपछि त जानकारीमुलक अन्तर्वार्ता एकाएक ‘तातो’ बन्ने नै भयो । सुन्नेले आँट गरिदिएर बुझिदियो भने त्यसले समग्र बजार फेरी तात्नेछ सायद !    
उनले राखेका कतिपय कुरा उनका निजी बिचार हुन सक्छन् ।  तर शहरमा सबैभन्दा नाम कहलिएको आफ्नो सदस्यले एउटा टेलिभिजन कार्यक्रममा यस्तो बोलिरहँदा त्यसले खास अर्थ राख्न सक्छ । 
‘म गलत छु भने मलाई कारवाही होस्, तर सत्य तथ्यको छानविन हुनुपर्यो। ‘ उनले बोलेको यो शब्दमा ‘गुदी’ कुरा लुकेको भान हुन्छ।  नेपथ्यमा केहि न केहि गलत त भएको छैन भन्ने आशंका गरेका उनको कुरा सुनीसकेपछि आइक्यान ‘मौन’ रुपमै बस्यो भने त्यो न्यायोचित नहुन सक्छ ।  
सामान्य कुराहरुका बीचमा केहि खास प्रसङ्ग उठेको छ यो अन्तर्वार्तामा । जिउ नै सिरिंङ्ग हुने गरी आइक्यानमाथि प्रश्न उठाएका छन् उनले । ‘सम्बन्धनका नामामा कमिसनको खेल त भएको छैन ?’ भन्ने शंका गरेका छन् उनले । आइक्यानले उचित मापदण्ड बिना कसैलाई फाइदा हुने ‘कु-नियत’ ले केहि संस्थाहरुलाई सम्बन्धन दिइएको गुनासो पोखेका छन् उनले ।

गुनासाहरु पनि उनले यसरी दिएका छन् कि मानौं उनले एक पाउको प्रश्नमा १ किलोको वजनदार जवाफ फर्काएका छन् ।  हो, सिए सप्ताह २०७३ को यो पहिलो भाग नसोचिएको ‘तातो’ भएको छ । हेरौं यो खास अन्तर्वार्ता :        

प्रतिक्रिया दिनुहोस्