Skip to content

आइक्यानका अध्यक्षको पहलपछी आइसीएआइले विज्ञप्ति सच्यायो, यस्तो छ सच्याइएको विज्ञप्ति !

काठमाडौँ – प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमणका क्रममा सम्पन्न भएको आइक्यान र आइसीएआइबीचको एमओयुका विषयमा आइसीएआइले उक्त एमओयुको आफु अनुकुल व्याख्या गरेको चर्चा चलिरहेका बेला आइक्यानका अध्यक्ष प्रकाश जंग थापाको पहलमा उक्त विज्ञप्ति सच्याइएको छ ।
सच्याइएको विज्ञप्तिमा नेपालमा रहेका आइसीएआइका सदस्यका बारेमा यसअघि राखिएको भ्रामक जानकारीलाई सच्याइएको छ भने उक्त एमओयुले दुवै देशको लेखा व्यवसायमा एक अर्काको मद्धत पुग्ने उल्लेख गरिएको छ । यसअघि एकतर्फी रुपमा प्रकाशित भएको विज्ञप्ति सच्याउँदै आइसीएआइले दुवै देशका लागि उक्त एमओयु फाइदाजनक भएको उल्लेख गरेको छ ।   

प्रतिक्रिया दिनुहोस्