- सिए सरोकार सम्बाददाता
काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा चार्टर्ड एकाउन्टेन्ट मेख बहादुर थापा नियुक्त भएका छन् । नेपाल मर्चेन्ट बैंकर्स संघको ११औं वार्षिक साधारणसभाले मेख बहादुर थापालाई अध्यक्षमा नियुक्त गरेको हो ।
यसैगरी मंसिर २९ गते सोमबार गठित नयाँ कार्य समितिको उपाध्यक्षमा बिजयलाल श्रेष्ठ, महासचिवमा पारस मणी ढकाल, कोषाध्यक्षमा रमेन्द्र रायमाझी र सदस्यहरुमा दिपेश बैद्य, नारायण प्रसाद घिमिरे र रोशनी भारती निर्वाचित भएका छन् ।
७ सदस्यीय नयाँ कार्य समितिले मर्चेन्ट बैंकरहरुको साझा हितका लागि काम गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्