Skip to content

मेगा बैकमा मनपरी, ‘अडिट’ नै नबुझेका व्यक्ति लेखापरीक्षण समितिमा

 
मेगा बैंकमा कतिसम्म लापरवाही हुन्छ भने कानुन पढेको व्यक्ति लेखापरिक्षण समितिको प्रमुख बनेको छ भने बाणिज्यशास्त्र पढेको व्यक्तिलाई कुनै पनि समितिबाट हटाइएको छ । केही जानेको व्यक्ति समितिमा भएमा उसले अनियमितता र घोटालाको कुरा थाहा पाउँछ भन्ने भयले आफु अनुकुलको भनेको मान्ने र प्राविधिक ज्ञान नभएको व्यक्तिलाई बिभिन्न उपसमितिहरुमा राखिएको छ ।

कतिसम्मभने कुनै पनि बैंकमा लेखापरिक्षण समिति एकदम महत्वपूर्ण र जिम्मेवारी समिति हुन्छ । बैंकको जोखिमदेखि नियमसंगत रुपमा बैंक सञ्चालकनका कुराहरु यसैले हेर्छ । तर, मेगामा लेखापरिक्षण समितिको संयोजक बनाइएको व्यक्ति जम्मा एलएलबी पास गरेका गोपाल खनाल छन् । उनी पहिले बागबजारमा पुस्तक पसल चलाउँथे अहिले मेगा बैंकको सञ्चालक भएपछी मेगाकै नाममा कलेज खोलेका छन् । 
सो समितिको सदस्यसचिब पनि कानुन पढेकै व्यक्ति राखिएको छ । यसर्थ समितिमा बाणिज्य र लेखा बुझ्ने मान्छे नभएपछी लेखापरिक्षण बिभागका इन्चार्ज बनाएका अधिकृत तहका व्यक्ति दिपेन्द्र पन्तलाई बैठकमा आमन्त्रित रुपमा ल्याइने गरिएको छ । जबकी यस्तो व्यवस्था नियमावलीमा छैन । बैंकको सञ्चालक समितिमा सम्बन्धित बिषय बुझेको व्यक्ति भए पनि उनीहरुलाई सो जिम्मेवारी दिइएको छैन । बहुमतको आधारमा खनाललाई संयोजक बनाइएको हो ।

मेगा बैंकभित्रका घोाटालाका समाचार यति मात्र छैन । सेयर बजारले अनुसन्धान गरेकोमध्येको यो त केही उदाहरण मात्र हुन् । मिडियामा हल्ला मच्चाउँदामा मात्रै राम्रो बैंक बन्ने हैन । त्यसभित्र भएका अनेकन अनियमितताको ढाकछोप गर्नको लागि सिईओ शाहले मिडियाबाजी गर्ने गरेको पुष्टि भैसकेको छ । यसर्थ लगानीकर्ता, प्रबद्र्धक र निक्षेपकर्ताहरुले मेगा बैंकको वास्तविक वित्तिय स्वाथ्यबारे प्रश्न गर्नुपर्ने अवस्था छ। सेयर बजार साप्ताहिकमा खबर छ

प्रतिक्रिया दिनुहोस्