
- सिए सरोकार सम्बाददाता
काठमाडौँ – ज्योति बिकास बैंकका डेपुटी सीइओ रहेका मनोज कुमार ज्ञवाली सीइओको पदमा पदोन्नती भएका छन् । बैंकका सीइओ कृष्ण बहादुर कुँवरले राजीनामा दिएपछि बैंकले उनलाई सीइओ बनाएको हो ।
यसअघि नेपाल राष्ट्र बैंकमासमेत काम गरेका ज्ञवालीले त्यसपछि ग्लोबल आइएमइ बैंकमा समेत काम गरेका थिए । ग्लोबल आइएमइ बैंकको काम छोडेर एक हाइड्रोमा काम गर्न गएका उनले उक्त जागिर छोडेर ज्योति बिकास बैंकको डेपुटी सीइओको पद सम्हालेका थिए ।
त्रिभुवन विश्वविद्यालयबाट बिबिए गरेका उनी चार्टड एकाउन्टेन्ट हुन् भने हाल पीएचडी गरिरहेका छन् । नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाका सदस्य रहेका उनलाई ४ बर्षे कार्यकालका लागि संचालक समितिको बैठकले डेपुटी सीइओबाट सीइओमा पदोन्नति गरेको हो ।
प्रतिक्रिया दिनुहोस्