- सिए सरोकार सम्बाददाता
काठमाडौँ । चार्टर्ड एकाउन्टेन्ट मनोज ज्ञवाली विनायक शिद्ध कलेज पौरखी सम्मान २०७७ बाट सम्मानित भएका छन् । हाल नबिल बैंक लिमिटेडमा कार्यरत ज्ञवालीलाई एक विशेष समारोहका बीच उक्त सम्मान गरिएको हो । नेपाल सरकारका संचार सूचना तथा प्रविधिमन्त्री पार्वत गुरुङले उनलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्दै सम्मान गरेका हुन् ।
ज्ञवालीसँगै कुलमान घिसीङ, प्राडा सुरेन्द्र केसी र महावीर पुन पनि उक्त कार्यक्रममा सम्मानित भएका थिए । दैलेख जिल्लामा जन्मिएका ज्ञवालीले भारतीय बोर्ड अन्तर्गत सिए उतिर्ण गरेका हुन् । नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारीसमेत रहेका ज्ञवाली यसअघि ज्योति बिकास बैंकको सीइओ थिए । नेपाली सिए क्षेत्रमा खरो तर प्रष्ट बक्ताका रुपमा र बैंकिङ क्षेत्रको ‘कोर टेक्निकल’ ज्ञान भएका सिएका रुपमा परिचित ज्ञवाली हाल नबिल बैंक लिमिटेडमा कार्यरत छन् ।
प्रतिक्रिया दिनुहोस्