
- सुरज प्याकुरेल / सिए सरोकार डटकम
काठमाडौँ – आशन्न आइक्यानको काउन्सिलको चुनावमा उम्मेद्वारी दिएका एकमात्र ‘कोर- बैंकर’ उम्मेदवार महेश ढकालले एकाएक पछिल्लो समयमा भोट बढाएका छन् । राष्ट्र बैंकका उच्च तहका अधिकारीदेखि योजना आयोगका उच्च अधिकारीसम्मले उनका लागि भोट मागीदिएपछि उनले एकाएक भोट बढाएका हुन् । यसो त एक जना बैंकर काउन्सिलमा पुग्नुपर्छ भन्ने सेन्टिमेन्टका कारण पनि उनका भोटहरु बढीरहेका छन् । यसपालीको चुनाव जित्न लगभग ६७ देखि ७२ भोट चाहिन्छ । उनको रफ्तारले त्यो भोट बैंक समातीसकेको संकेत देखिन्छ ।
बैंकरमाझ उठ्यो आवाज, ‘आइक्यानमा एक जना बैंकर पुग्नुपर्छ’
लामो समयदेखि बैंकिङमा रहेका महेश ढकाल यसअघि टुरिजम डेभलोपमेन्ट बैंकमा सीइओ थिए । पछि टुरिजम मेगामा मर्ज भएपछी उनी अहिले मेगाका थर्ड-म्यान छन् । उनीजतिको ठाउँमा पुगेका बैंकर आइक्यानको काउन्सिलमा पुगेको खण्डमा आइक्यानको ‘पोलिसी मेकिङ’मा नेपाली बैंकहरु पनि समेटीन्छन् भन्ने आश धेरैको छ । यहि कारण उनलाई जिताउन भनेर केहि बैंकरहरु कस्सीएर लागेका छन् । यता केहि समय अघिमात्र एक्यानको चुनाव जितेका सन्दीपबाबु पौडेल उनलाई जिताउन भनेर अहोरात्र खटिएका छन् । यसले पनि ढकाललाई थप मद्धत पुगेको छ । पौडेलले बनाएको पीआर र ढकालले आफ्नो बनाएका सिनियर भोटरहरुलाई मिलाएर अगाडी बढ्दा उनले जित्ने सम्भावना बढ्दै गएको छ ।
ढकालको सम्भावना के ? चुनौती के ?
महेश ढकाललाई बजारमा बढ्दै गएको बैंकर जिताउनुपर्ने सेन्टिमेन्टले काम गर्यो भने चुनावमा जीत्न गाह्रो छैन । यसै पनि उनलाई अरु थुप्रै सहपाठीहरुले सहयोग गरेका छन् । अन्तिम समय उनले बढाएको भोटले पनि उनको सम्भावना जीवित देखाएको छ । उनको पक्षमा लाग्नेहरुले उनले ८ वा ९ मा चुनाव जित्ने दावी गरिरहेका छन् ।बजारमा सिनियर कहालीएका केहि व्यक्तिहरु पनि ढकालको पक्षमा राम्रै रेस्पोन्स दिएर अगाडी बढेकाले पनि उनको सम्भावना बढेको छ । तर बैंकिङमै राम्रो छाप बनाएकाहरु अरु क्यान्डीडेट बोकेर बैंकरहरुलाई नै भोट मागिरहेको यथार्थ ढकालका लागि चुनौती बन्न सक्छ । यसअघि उनलाई धेरैले जित्न गाह्रो भएको क्यान्डीडेटमा राखेका थिए । तर उनालाई अहिले आफ्नो नम्बर ८-९-१० मा रहेकाहरुले राम्रै प्रतिष्पर्धीका रुपमा लिन थालेका छन् ।
प्रतिक्रिया दिनुहोस्