
नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नरसमेत रहेका चार्टड एकाउन्टेन्ट सिए. महा प्रसाद अधिकारीले एक्यानले गर्न लागेको सिए कन्फेरेन्सको शुभकामना दिएका छन् । एक भिडियो सन्देशमार्फत उनले यस्तो शुभकामना दिएका हुन् । उनले एक्यानले यस्तो कन्फेरेन्स सहि समयमा गर्न लागेको बताउँदै उनले यसको असर निकै सकारात्मक हुने विश्वाससमेत लिएका छन् । देशले राजनीतिक उपलब्धि पाईसकेको बताउंदै उनले अव देश आर्थिक समृद्धितर्फ लागेकाले यो कन्फेरेन्सले राष्ट्रिय समृद्धिमा उपलब्धिमुलक हुनेसमेत विश्वास व्यक्त गर्नुभयो । हेर्नुहोस् उहाँको भिडियो सन्देश :
प्रतिक्रिया दिनुहोस्