Skip to content

आइक्यानको परिक्षामा उत्कृष्ट हुनेहरु सम्मानित, हेर्नुहोस् कुन मेडल कसले पाए… (विवरणसहित)

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । शनिबार काठमाडौँको होटल एभरेष्टमा एक भव्य कार्यक्रमका बीच आइक्यानले आफ्नो ३४औँ बार्षिकोत्सव मनायो । सोहि कार्यक्रममा सिएहरुलाई दीक्षित गर्ने कार्यक्रम पनि थियो । सोहि अवसरमा आइक्यानको विभिन्न परिक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई विभिन्न पदक तथा पुरस्कारबाट सम्मान गरिएको छ ।
उक्त अवसरमा सुभाष कुमार झुनझुनवाला गोल्ड मेडल दिया प्रधानलाई दिइएको छ । उनले क्याप वान अन्तर्गत २०१९ डिसेम्बरको परिक्षामा प्रथम स्थान हासिल गर्न सफल भएकी थिइन् । यता वि.के. अग्रवाल मेडलबाट सगुनजंग राणालाई प्रदान गरिएको छ। उनले क्याप टु मा उत्कृष्ट नतिजा ल्याएका थिए। यस्तै सौगात गौतमलाई नारायण बजाज सिल्भर मेडल प्रदान गरिएको छ। यस्तै नरेन्द्र बसिष्ट गोल्ड मेडल गजेन्द्र बहादुर शाहीलाई प्रदान गरिएको छ भने डाक्टर गोविन्द राम अग्रवाल गोल्ड मेडल बिमला भण्डारीलाई दिइएको छ । यस्तै प्रकाश जंग थापा गोल्ड मेडल गजेन्द्र बहादुर शाहीलाई प्रदान गरिएको छ भने के बि चित्रकार गोल्ड मेडल बिमला भण्डारी र गजेन्द्र बहादुर शाहीलाई प्रदान गरिएको छ। हेरौं पुरस्कार प्रदान कार्यक्रमका केहि झलकहरु:

प्रतिक्रिया दिनुहोस्