
- सिए सरोकार सम्बाददाता
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले चार्टड एकाउन्टेन्ट माग गरेको छ । इन्स्योरेन्स कम्पनीले एक सूचना जारी गर्दै कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र आवेदन दिईसक्नु पर्ने भएको छ ।
अनलाइनबाट फारम भरी सोको साथमा नागरिकता, शैक्षिक योग्यताका प्रमाणपत्र, हालसालै खिचेको पासपोर्ट साइजको फोटो स्क्यान तथा एट्याच गरी पठाउनु पर्ने भएको छ । यो जागिरमा आवेदन दिनेसँग कम्तीमा सम्बन्धित क्षेत्रमा ३ वर्ष काम गरेको अनुभव हुनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्