काठमाडौँ । केहि समय अघि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)सँग एमबिए पढ्न संघका सदस्यहरुलाई केहि छुट दिने सम्झौता गरेको एलबिइएफ क्याम्पसले संघसँग इमेल आइडी मागेर सिए सदस्यहरुलाई बिबिएम पढ्न आउनु भन्ने आशयको इमेल लेखेर सिएहरुको प्रतिष्ठामाथि खेल्ने दुष्प्रयास गरेको भन्दै चौतर्फी विरोध सुरु भएको छ । आइतबार सिएहरुको मेलमा क्याम्पसले आफ्नो क्याम्पसमा बिबिएमका लागि भर्ना खुलेको जानकारीसहितको मेल लेखेको छ । राकेश कुमार भगतको नामबाट आएको उक्त इमेलमा क्याम्पसको विज्ञापन राखिएको छ र विज्ञापन बिबिएम कोर्सको छ ।
‘एक त हाम्रो इमेल आइडी एक्यानले बिक्री गरेको छ । हाम्रो इमेल हामीले कुनै व्यावसायिक संस्थालाई बाँड्न दिएको होइन । हामीलाई कुनै जानकारी एक्यानबाट आउनुपर्थ्यो । कुनै अरु व्यावसायिक संस्थाबाट होइन । हाम्रो गोपनियताको अधिकारमाथि एक्यानले नै धावा बोलेको छ भने लर्डबुद्ध नामक कुनै एक व्यावसायिक संस्थाले हाम्रो इज्जतमाथि नै आंच आउनेगरी विज्ञापन मेल गरेको छ ।’ सिए सरोकार डटकमसँग गुनासो गर्दै एक सिएले भने । उनका अनुसार कुनै पनि संस्थाको व्यापारीक स्वार्थ पूरा गर्न सिएहरुको निकै गोप्य राखिनुपर्ने डाटा बिक्री गरिएको छ।
यता एक्यानका महासचिवले भने यस विषयमा बुझ्न फोन गर्दा फोन नै उठाएनन् ।
यता एलबिइएफ क्याम्पसका राकेश भगतले भने यस विषयमा आफुलाई थाहा नै नभएको तर्क गरेका छन् । जवकी इमेलमा उनकै नाम उल्लेख छ । पछी सिए सरोकारको सम्पर्कमा आएका पंकज जलन नाम गरेका व्यक्तिले त उल्टै आफुहरुले एक्यानको बोर्डसँग नै सल्लाह गरेर इमेल आइडी मागेको र प्रयोग गरेको दाबी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्