
- सिए सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को नवौं काउन्सिलका लागि आइतबार र सोमबार निर्वाचन हुँदैछ । १० पदका लागि सो चुनावमा १६ सिएले उम्मेद्वारी दिएका छन् । आइक्यानका हालका उपाध्यक्ष युद्धराज ओलीसहित १६ जनाले उम्मेद्वारी दिएको सो चुनावको सरगर्मी मज्जैसँग बढेको छ अहिले । उम्मेदवारका कोठामा, अफिसमा, घरमा, रेष्टुरेन्टहरुमा चुनावी जमघट बाक्लो छ । उम्मेद्वारी दिनेमा ओलीसहित पियुष आनन्द, सुरेन्द्र श्रेष्ठ, बिनय प्रकाश श्रेष्ठ, क्षेत्र गोपाल प्रधान, सन्तोष लम्साल, सुजन श्रेष्ठ, कुनाल क्याल, सतिश चन्द्र लाल, सुजन कुमार काफ्ले, प्रविन कुमार झा, जय नारायण प्रतिहस्त, रामचन्द्र खनाल, भाष्करसिंह लाला, अमन उप्रेती, र सन्तोष काफ्ले छन् ।
को हुन् कुनाल कयाल ?
कुनाल कयाल पूराना सिए हुन् । हाल उनी एक इन्स्योरेन्स कम्पनीका अध्यक्षसमेत छन् । भोटरले अझ बुझ्ने भाषामा भन्नुपर्दा उनी एक्यानका अध्यक्ष आनन्द शर्माका क्यान्डीडेट हुन् । अहिले बजारले बुझेको तथ्य के हो भने उनी अघिल्लोपटक विद्यावारिधि सिग्देल आइक्यानमा पुगेजस्तै वाग्ले नेतृत्वको एउटा समूहका उम्मेदवार हुन् । उनीसँग आफ्ना एजेन्डा भन्दा पनि सोहि ग्रुपको एजेन्डा छ । उनले चुनाव जित्ने लगभग पक्कापक्की छ । तर सोहि समूहकोस्वार्थमा आइक्यानमा पुगेर काम गर्ने बाहेक उनीसँग आफ्नै खास प्लान भने छैन ।
विवादका फेहरिस्त खोतल्ने हो भने उनी इन्स्योरेन्स सेक्टरमै पनि विवादित व्यक्ति हुन् । तर चुनावका समयमा ती कुरा खोतल्नु पूर्वाग्रह हुन्छ। भलै बजारमा उनको खुब नेगेटिभ मार्केटिङ भएको छ । भन्नेले यतिसम्म भनेका छन्- उनी हाल अनुसासन समितिमा रहेको राजश्री हुमगाइको केससहित केहि केसहरु ढिसमिस गर्न मात्र आइक्यान जान लागेका हुन् ।
उनको राम्रो पक्ष भनेको उनी चुनावमा खासै लागि पर्नुपरेको छैन । उनका लागि सोहि उनको समूह मज्जाले लागेको छ। र उनले चुनाव जित्छन् पनि। तर उनको नराम्रो पक्ष भनेकोचाहिं, उनले सो समूहसँग जोडिएर नेगेटिभ मार्केटिङ हुनुभन्दा आफ्नै योग्यता वा क्षमता देखाउने प्रयास गरेको भएपनि चुनाव जित्थे। तर उनले त्यसो गरेनन् ।भोट माग्ने नै कुरामा पनि उनी कम र उनको समूह बढी लागेको देखिन्छ । कयाल आइक्यानमा चाहिने व्यक्ति हुन् तर उनलाई हेर्ने नजर नै बजारमा गलत परिसकेकोले उनी हाल केहि निश्चित स्वार्थपूर्तिका लागि मात्र आइक्यान जान लागेको चर्चा छ। भलै उनी यो कुरा स्वीकार्दैनन् । केहि समय अघि सिए सरोकारसँग कुराकानी गर्दै उनले भनेका छन्- आइक्यानको भलोकै लागि म उठेको हुँ ।
कुनाल कयाललाई भोट किन दिने ? किन नदिने ?
अरु उम्मेदवारजस्तो उनका बारेमा खास सोचीरहनु पर्दैन । एक्यानका नेतृत्वमा गत चुनावमा आनन्द शर्मालाई भोट हालेकाहरुले उनलाई आँखा चिम्लेर भोट हाले हुन्छ । किनकि पात्र फरक भएपनि एजेन्डा समान छन् । अझ भन्दा उही छन् । तर आइक्यानमा कुनै एक दुई मिसन बोकेर जानेहरुलाई समर्थन गर्नु हुन्न भन्ने हो भनेचाहिं उनलाई भोट हाल्नु अघि एक पटक होइन १०० पटक सोच्न जरुरी छ ।
समग्रमा,
उनको जीत लगभग निश्चित छ । उनले हारे भने एक्यानको हालको नेतृत्वकै हार हुनेजसरी लिएको छ बजारले। त्यसैले पनि उनले जित्नुपर्छ । तर उनले जितेरै पनि उनले बोकेका केहि भित्री एजेन्डा भने पास हुने देखिंदैन । किनकि आइक्यान नेतृत्वले राजश्रीको केसमा खुट्टा नकमाउने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्