Skip to content

अडानको प्रथम उपाध्यक्ष पदमा कृष्ण पौडेल सर्वसम्मत निर्वाचित

दर्तावाला लेखापरीक्षकहरुको संस्था नेपाल अडिटर्स एसोसिएसन (अडान) को प्रथम उपाध्यक्ष पदमा कृष्ण पौडेल सर्वसम्मत निर्वाचित भएका छन् । हिजो सम्पन्न भएको निर्वाचानमा अध्यक्ष पदका लागि निर्वाचन भएको भएपनि पौडेल भने प्रथम उपाध्यक्ष पदमा निर्विरोद निर्वाचित भएका हुन् । पौडेल अडानमा निकै सक्रिय मध्येका एक हुन् । अडानका हरेक जसो कार्यक्रममा निकै सक्रिय भएर भूमिका खेल्ने गरेका पौडेल प्रथम उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

निर्वाचित भएसँगै उनले आफुलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । यता अध्यक्षको पदमा भने मोहन राज रेग्मी निर्वाचित भएका छन् । अडानको चौथो महाधिवेसनबाट अडानले नयाँ नेतृत्व पाएको छ ।  

प्रतिक्रिया दिनुहोस्