Skip to content

आइक्यानमा उदाउँदै गरेका ‘चम्किला सूर्य’ : उपाध्यक्ष र पपुलर भोटका दाबेदार कृष्ण आचार्यको जीत ‘स्योर शट’ छ ! तर…

 

  • सुरज प्याकुरेल / सिए सरोकार डटकम 
काठमाडौँ- कृष्ण प्रसाद आचार्य, अर्थात अवका आइक्यानका उपाध्यक्ष । त्यसपछि ‘स्योर-शट’ अध्यक्ष । ‘हैट ! चुनाव नै भएको छैन, यस्तो भन्न मिल्छ र ?’ भन्ने तपाईंको प्रश्न होला । तर आचार्य आजको दिनमा एक नम्बर भोटका दावेदार हुन् । उनले चुनाव हार्ने कुनै पनि सम्भावना छँदै छैन । उपाध्यक्ष नहुने सम्भावना पनि छैन । किनकि उनी एक, आरएका ४ भोट भयो ५ । सरकारी प्रतिनिधिले उनलाई सहयोग नगरेर सुखै छैन । भयो ८ । एक जना प्रस्तावक र समर्थक । सक्किए न त ? 
बलियो राजनीतिक पृष्ठभूमि र आत्मविश्वास भएका आचार्य सिनियरमाझ चर्चित पनि छन् । उनी आफैंमा सिनियर सिए पनि हुन् ।  भविष्यका आइक्यानका अध्यक्षमात्र होइन राष्ट्रिय राजनीतिमा समेत सम्भावना बोकेका व्यक्ति हुन् उनी । कृष्ण आचार्यले यो चुनावमा जित्दै गरेको कुरामा कुनै शंका नै छैन । यसैपनि राम्रो भोट बैंक, त्यसमाथि सबैभन्दा बढी सिएलाई जागिर खुवाएर आइक्यानको सम्मान नै पाएको एनआइसी एसिया बैंकका कामु सीइओ रोशन न्यौपानेले साथ दिएका उम्मेदवार ! यति भनेपछि त आइक्यानमा भूकम्प नै आएपनि उनको जीतलाई अव कसैले रोक्न सक्दैन ।
बाठा कृष्ण आचार्य, र चतुर राजनीति गर्ने आचार्यले बुझ्नुपर्ने कुरा !
जीतका लागि त अहिले नै बधाई भन्दा पनि फरक पर्दैन आचार्यलाई । तर आइक्यानको पोलिटिक्सभित्र भर्खर छिर्न लागेका उनका अगाडी काम देखाउनुपर्ने ठुलो चुनौती छ । हुन त भर्खरको छोरालाई समेत एमालेको झन्डा बोकाएर चुनावमा लागेका उनलाई राजनीतिका बारेमा बुझाउनु यो लेखककै गल्ती हुन्छ । तर आइक्यानको राजनीति जीतहारसँग मात्र केन्द्रित पक्कै छैन । यहाँ काम गर्नेहरु नामी हुन्छन् । आइक्यानको पैसामा बुडी घुमाउनेहरु बदनामी हुन्छन् । इतिहासले त्यस्तै देखाएको छ । कृष्ण आचार्यले पनि राजनीतिक भन्दा प्रोफेसनल आवरण बनाउन जरुरी छ आइक्यानमा । नत्र उनको कार्यकाल पनि बदनामीको भारी नहोला भन्न सकिने अवस्था छैन । अहिले चुनावको कुरा छ । उनले राम्रै भोटको तयारी गरेको कुरामा कुनै शंका छैन । यसै पनि कृष्ण आचार्य बाठा सिएका रुपमा चिनिन्छन् । उनी चतुर राजनीतिज्ञ त हुँदै हुन् । अव आइक्यानको सफल नेतृत्व सम्हाल्ने जिम्मेवारी पनि उनलाई थपिएको छ ।
जीत स्योर शट छ तर… !
हामीले भनीरहनु पर्दैन, कृष्ण आचार्यलाई रजिष्टर्ड अडिटरहरुको दह्रो साथ छ । नहोस् पनि किन ? ती पनि पूर्व एमाले, यी पनि पूर्व एमाले । अहिले दुवै नेकपा । तर यो राजनीतिक पृष्ठभूमिबाट अगाडी बढ्दा उनलाई आरएहरुको चर्को दवाव हुने कुरामा कुनै पनि शंका छैन । एक व्यक्ति एक पेशाको नीति अझै पर सार्ने, आरएहरुलाई सिएमा सहज प्रवेश गराउने वा अनुभवका आधारमा सिए बनाउने आरएहरुको एजेन्डामा उनले आँखा चिम्लिएर सहि गर्दैछन् भन्ने चर्चा पनि त्यस्तै छ बजारमा । कतिपयले त कृष्ण आचार्य सिएका नभई आरएका अध्यक्ष भन्दैछन् भन्ने चर्चा पनि चलाएका छन् । यदी भविष्यमा यस्तै भयो भने उनलाई आइक्यानको राजनीतिपछि आफ्नो करियरमै पनि ठुलो धक्का लाग्न सक्छ । यहि चर्चाकै कारण उनले केहि भोट गुमाईसकेको कुरामा पनि कुनै शंका नै छैन ।

प्रतिक्रिया दिनुहोस्