
- सिए सरोकार सम्बाददाता
काठमाडौँ- किरण डंगोलले आइक्यानको निर्वाचन जितेका छन् । कुल १० पदका लागि भएको निर्वाचनमा उनले जीत हाँसील गरेका हुन् । उनलाई यस अघि चुनाव जितेका सुनील जाकिबन्जा र आइक्यानका पूर्वअध्यक्ष सुनीर ढुंगेलले समेत साथ दिएका थिए ।
अन्तिम समयमा उनलाई गाह्रो पर्ने देखेपछि सुनीर ढुंगेलले सुजन काफ्लेले जितीहाल्छन् भन्दै उनका भोटसमेत डंगोललाई हाल्न लगाएको चर्चा आइक्यान परिसरमै चलेको थियो ।
यता उनले एक्यानमा हारेको बदला समेत पाएका छन् । डंगोलले गत एक्यानको चुनावमा हरि सिलवालसँग अध्यक्ष पदमा हारेका थिए ।
प्रतिक्रिया दिनुहोस्