
- सुरज प्याकुरेल / सिए सरोकार डटकम
काठमाडौँ- एक्यानको अघिल्लो चुनावको समयमा हो । अझ ठ्याक्कै बुझ्ने गरी भन्दा सन्तोष लम्साल र दीपक पाण्डेको ‘भाले भीडन्त’ भएको समयको एक्यानको चुनावको कुरा हो । किरण डंगोल एक्यानको उपाध्यक्ष भएपछी अध्यक्षमा लडेका थिए । यता हरि सिलवाल पनि लडे । हरि सिलवाल भनेपछि सिनियर, भलादमी, राम्रा लिडर, वा अरु केहि यस्ता राम्रा विसेशणले जोड्न लायक सिए मानिन्थे । सिलवाललाई नजिकबाट चिन्नेले त डंगोललाई नै भोट हाले, तर सिलवाल भनेपछि ठुलै मान्छे सम्झने र नचिनेकाहरुले उनलाई भोट हाले । किरण डंगोल उक्त चुनावमा हारे । २ बर्षमा सबै सिएले देखे हरि सिलवाल के रहेछन् भनेर ।
यतिसम्मकि यसपालीको काउन्सिलमा उठ्छु भनेर केहि सिएसँग भोटसमेत माग्न थालेका सिलवाल सबैभन्दा कम भोट आफुलाई नै आउने पक्का पक्की भएपछी पछि हटे । अहिले त्यतिबेलाको एक्यानको चुनाव सम्झेर धेरै सिए थक्क थक्क मान्छन् । हरि सिलवाललाई भोट हालेर गल्ती गरिएछ भन्ने अधिकांसको राय र गुनासो छ । तर जे नहुनुथियो त्यो भइनै सक्यो । त्यहि सेन्टिमेन्टका कारण डंगोललाई केहि न्यूट्रल भोटले साथ दिने पनि स्थिति छ । यसरी सेलीब्रेटी जस्तो बनेर आफुलाई हराएका र उनले काम गर्न नसकेपछि अध्यक्ष त तपाईं नै भएको भए ठिक हुन्थ्यो भनेर राय दिने सिएहरुका अगाडी पनि डंगोललाई जितेर देखाउनुपर्नेछ । के यसपाली उनको त्यो सपना पूरा हुन्छ त ?
झिनो सम्भवना तर मरेको छैन आशा !
यसो त किरण डंगोलको तयारी कमजोर छैन । तर यसअघि भरत रिजाललाई धोका दिएका पात्र उनको साथमा छन् । धोका दिने तिनै पात्रको ठूलो भर छ डंगोललाई । यस कारण चुनावमा त्यसै भन्न सकिने अवस्था छैन । तर बजारमा ‘धोकेबाझ’ भनेर कुख्याती कमाएका ती सिएले साथ दिएको खण्डमा अन्तिम १० मा डंगोल आउन सक्ने सम्भावना छ भन्ने विश्लेषण गरिएको छ । यसै पनि यसपाली उनी कुनै प्यानलमा छैनन् । कोहि भोट बैंकले समर्थन गरेको अवस्था पनि छैन । तर आफ्नै बलबुंताले नै केहि गर्ने बानी परेका डंगोल अरुले सोचेजस्तो कमजोर पनि छैनन् । आशा जीवीत भएपनि उनलाई सहज नभएको तथ्य भने कसैले नकार्न सक्दैन । चुनावको समयमा डंगोल यतिसम्म व्यस्त रहेछन् कि हामीले २ पटक विहान फोन गर्दा पनि उनको फोन उठेन । उनको भनाइ राख्न नपाएपनि उनलाई शुभकामनाचाहिं भन्यौं हामीले ।
नेतृत्व क्षमता भएका तर एक्यानको चुनावमा पिल्सिएका उनी यसपाली जित्लान् त ?
किरण डंगोल जित्लान् वा नाजित्लान्, त्यो आफ्नो ठाउँमा छ । तर उनी जिते हुने खालका पात्र भने पक्कै हुन् । उनले एक्यानमा हुँदा उपाध्यक्ष भएर जस्तो काम गरे, त्यसको सबैले मुल्यांकन गरेकै छन् । प्रोफेसनमा गाह्रो परेका बेला उनले लिएको पहलकदमी र गरेको कामको सबैले प्रशंसा नै गर्छन् । तर राम्रालाई भन्दा हाम्रालाई भोट हाल्ने बानी परेका हाम्रा सिएहरुले उनलाई अलिकतिमात्र न्याय गर्ने हो भने उनी जित्नुपर्ने पात्रचाहिं पक्कै हुन् । अन्तिम समयमा यो कुरा मनन केहि सिएहरुले गरे भने उनले जित्न सक्ने सम्भावा पनि नभएको होइन ।
प्रतिक्रिया दिनुहोस्