Skip to content

दर्तावाल लेखा परिक्षकमा एसपी दाहाल एण्ड कम्पनी बर्षकै उत्कृष्ट करदाता

आन्तरिक राजस्व बिभागले उत्कृष्ट करदाताहरुलाई सम्मान गरेको छ।  आज भएको एक कार्यक्रमका बीच करदाताहरुलाई सम्मान गरिएको हो। अर्थमन्त्री विष्णु पौडेलले उत्कृष्ट करतादाहरुलाई सम्मान गरेका हुन् ।
यो वर्ष सिप्रदि ट्रेडिङका अध्यक्ष सिद्धार्थ समशेर राणालाई उछिन्दै हिमालयन र एसियन डिस्टीलरीका लगानीकर्ता प्रगुणराज भण्डारी सबैभन्दा धेरै आयकर तिर्ने नेपाली भइ सम्मान पाएका छन् भने महिलातर्फ सबैभन्दा बढी आयकर तिर्ने व्यक्ति पनि हिमालयन डिस्टिलरी र एसियन डिस्टीलरीका लगानीकर्ता जया शाह भएकी छन् ।

त्यसैगरी, नविनतम उत्प्रेरक तथा सिर्जनशीलतर्फ अष्ट्रिच नेपाल प्रालिका सीपी शर्मा सम्मानित भएका छन् । त्यस्तै, साना करदातामा सम्सारा रेमिट, मझौला करदातामा नेपाल स्टक एक्सचेञ्ज, इञ्जिनियरङतिर्फ जेट कन्सल्ट्यान्ट प्रालि, दर्तावाल लेखा परिक्षकमा एसपी दाहाल एण्ड कम्पनी उत्कृष्ट करदाताबाट सम्मानित भएका हुन् ।

धेरै कर तिर्ने चिकित्सककोरुपमा डा. उपेन्द्र देवकोटा सम्मानित भएका छन् । त्यस्तै, अस्पतालमा निर्भक इन्टरनेसल अस्पताल, मेडिकल कलेजमा मणिपाल शिक्षण अस्पताल, हाउजिङमा सनराइज अपार्टमेन्ट, ट्राभलमा सीतावर्ड ट्राभल, शैक्षिक  संस्थामा एपेक्स कलेज, प्रकाशनगृहमा गोरखापत्र संस्थान सम्मानित भएका छन् ।

त्यसैगरी सबैभन्दा बढी मुल्य अभिवृद्धि कर (भ्याट) तिर्ने कम्पनीकोरुपमा दूरसञ्चार सेवा प्रदायक एनसेल नेपाल परेकेा छ । गत वर्षपनि एनसेल नै सबैभन्दा धेरै कर तिर्ने कम्पनीकोरुपमा सम्मानित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्