Skip to content

कामना सेवा विकास बैंकको सीईओमा दिनेश थकाली नियुक्त

  • सिए सरोकार सम्बाददाता
काठमाडौं । कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा चार्टर्ड एकाउन्टेन्ट दिनेश थकाली नियुक्त भएका छन् ।
सिए थकालीलाई सञ्चालक समितिको बैठकले सीईओ पदमा नियुक्त गरेको हो । यस अघि उनी प्रभु बैंकको चिफ विजनेश अफिसर पदमा कार्यरत थिए ।
साढे २ वर्ष प्रभु क्यापिटलको प्रवन्ध निर्देशकसमेत रहेका थकाली सांग्रिला डेभलेपमेन्ट बैंकमा रहँदा कामु सीईओ थिए । उनीसँग बैंक ऋण, निक्षेप बजारीकरणदेखि पुँजी बजारसम्मको राम्रो ज्ञान छ ।

प्रतिक्रिया दिनुहोस्