Skip to content

कैलाश बैंकलाई यो वर्ष पनि उत्कृष्ट वार्षिक प्रतिवेदनको सम्मान

काठमाण्डौ । कैलाश विकास बैंकलाई नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) ले उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन–२०७२ ले तेस्रोपटक सम्मान गरेको छ ।
बैंकले यही सम्मान यसअघि दुई पटक पाइसकेको छ । 
बैंकले जारी गरेको विज्ञप्तिका अनुसार स्थापनाकालदेखि नै संस्थागत सुशासन, पारदर्शिता, जवाफदेहिता, दीगो बृद्धि, स्तरीय ग्राहक सेवा जस्ता विषयहरुलाई प्रमुख प्राथमिकतामा राख्दै उत्कृष्ट वित्तीय सेवा पुर्याउँदै आएको छ । 
कैलाश विकास बैंकको २०७३ असार मसान्तमा चुक्ता पुँजी १ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । यसैगरी २०७३ असार मसान्तमा १५ अरब ६ करोड निक्षेप संकलन गरेको बैंकले १३ अरब ५० करोड कर्जा प्रवाह गरेको छ ।
गत आर्थिक वर्षमा यस बैंकले करिब ४४ करोड खुद मुनाफा आर्जन गरेको थियो । विकास बैंकहरुमध्ये यो बैंक सबैभन्दा ठूलो विकास बैंक हो ।
यो बैंकले ३८ शाखा मार्फत इन्टरनेट बैंकिङ, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ सुविधा तथा १७ वटा एटिएम मेशिनद्वारा सेवा प्रदान गर्दै आइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्