
म पनि एकदिन आइक्यानको अध्यक्ष बन्छु
चुनावमा सबैलाई यहि कुरा भन्छु…
भोटको लागि सम्झाउँछु, फकाउँछु…
नमाने ८-१० लाख सक्काउछु…
अध्यक्ष भएसी सबैलाई थर्काउँछु,
नेपाल बोर्डका जति सबैलाई भड़काउँछु
रिस उठेकालाइ अख्तियारमा उजुरी पठाउँछु
त्यतैबाट कारवाहीको चिठी कटाउँछु
हो त, अव आइक्यान मेरै राज्य हो
मैले भनेको मान्न आइक्याननै बाध्य भो !
एमआरए गर्ने खोज्नेलाई भड़काउँछु,
भूकम्प छ नआईजो भनेर तर्साउँछु
जीएमसीएस त सकेसम्म ढिला हो
अरुलाई एफसीए हुन नदिनु पनि मेरै लीला हो
पत्रकारलाइ मान्छे लगाएर हपार्छु,
भोट नदिनेलाई काम नगरी झपार्छु
आफ्नी बुढीलाइ सिंगापुर घुमाउँछु
मलेसियातिर पनि अलि अलि रमाउँछु
काम नै गर्नु नपर्ने वाह ! क्या पद पाइया छ
र त मजस्ता केहिलाइ अध्यक्ष चाहिया छ
आफ्नालाई आइक्यानका कमिटिमा घुसांउंछु
एक दुइजना छुटे पनि अरुले दिएनन् भनेर खसाउँछु
विद्यार्थीको त बाल मतलब, आश्वासनले लडकाउंछु
ब्ल्याकमेल गरेर भए पनि दामी क्लाइन्ट पड्काउँछु
हो म पनि एक दिन आइक्यानको अध्यक्ष बन्छु
हो म पनि एक दिन आइक्यान को अध्यक्ष बन्छु
(लेखक क्याप थ्री उतिर्ण गरी जीएमसीएस तालिमको पखाईमा छन् )
प्रतिक्रिया दिनुहोस्