Skip to content

एक्यानको कार्यक्रममा कृषिमन्त्री साहले भनिन्- ‘मुलुकको सुदृढीकरण लेखापरीक्षकबाटै सम्भव छ’

  • सिए सरोकार सम्वाददाता

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले लेखापरीक्षकबाट मुलुकको आर्थिक सुदृढीकरण सम्भव भएको बताएकी छिन् । बिहीबार नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)ले आयोजना गरेको राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री साहले यस्तो बताएकी हुन् ।

उनले कार्यक्रममा लेखापरीक्षकको भूमिकाको पनि प्रशंसा गरेकी छिन् ।

‘विकास निर्माणका नाममा हुने ठूलो खर्चमा प्रयोग हुँदै आएको फर्जी बिल र राजस्व छलीको नियन्त्रण लेखापरीक्षणबाटै सम्भव भएको हो ।’, मन्त्री साहले भनिन्, ‘यसरी एक्यानले मुलुकको वित्तीय सुशासन, लेखापरीक्षणका माध्यमबाट योगदान दिँदै आएको छ । नयाँ पुस्ताका चार्टर्ड एकाउन्टेटहरुले राष्ट्रको आर्थिक विकासमा लेखाको महत्वका साथै लेखा व्यवसायीलाई बदलिँदो आर्थिक अवस्थाबारे जनचेतना जगाउनुपर्छ, त्यो अत्यन्तै प्रशंसनीय छ ।’

प्रतिक्रिया दिनुहोस्