
- सिए सरोकार सम्बाददाता
काठमाडौँ – नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को निर्वाचनमा आइक्यानका हालका उपाध्यक्षसमेत रहेका सिए जगन्नाथ उपाध्याय निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा उनी बिजयी भएका हुन् । निर्वाचनको परिणाम अनुसार उनी पहिलो राउण्डमै बिजयी भएका हुन् ।
उनी बिजयी भएसँगै उनलाई आइक्यानको अध्यक्ष हुने बाटो खुलेको छ । यहि असार २९ गते अध्यक्ष र उपाध्यक्ष पदका लागि निर्वाचन छ । आइक्यानको निर्वाचनमा १० पदका लागि १५ जनाको उम्मेद्वारी थियो ।
निर्वाचित जगन्नाथ उपाध्यायलाई सफल कार्यकालको शुभकामना छ ।
प्रतिक्रिया दिनुहोस्