- सिए सरोकार सम्बाददाता
काठमाडौँ । सिए सन्जु अधिकारीद्वारा लिखित पुस्तक इन्द्रेणी स्पर्शको बिमोचन भएको छ । आइक्यानका पूर्वअध्यक्ष सिए प्रकाश लम्साल, एक्यानका पूर्व अध्यक्ष हरि सिलवाल र वार्तामं अध्यक्ष आनन्द शर्मा वाग्ले, उपाध्यक्ष रमेश धिताल, नेपालर अश्त्र बैंककि डेपुटी निर्देशक सिए अस्मिता गोर्खाली, ग्लोबल आइएमइ बैंकका डेपुटी सीइओ महेश ढकाल र सिए रितिशा श्रेष्ठले संयुक्त रुपमा उक्त पुस्तकको बिमोचन गरेका थिए।
नेपालमा रहेका महिला चार्टर्ड एकाउन्टेन्टहरुको समूह सिए सखीले गरेको पहिलो भौतिक कार्यक्रममा उक्त पुस्तक विमोचन भएको हो । सिए प्रोफेसनमा रहेका महिलाहरुको शशक्तिकरणका लागि आवाज उठाउँदै गरेको यो समूहले विभिन्न क्षेत्रका अतिथिहरुलाई बोलाएर विशेष कार्यक्रम गरेको थियो ।
कार्यक्रममा ‘इन्क्लुजान इन डेमोक्रेसी’ शिर्षकमा प्यानल डिस्कसनसमेत भएको थियो। जसमा सर्वोच्च अदालतका अधिवक्ता ओम प्रकाश अर्याल, लेखक तथा सम्पादक कैलाश राई, रिसर्चर तथा लेखक जेबी बिश्वकर्मा, नेपाल राष्ट्र बैंकका डेपुटी डाइरेक्टर सिए अस्मिता गोर्खाली लगायतले आफ्ना भनाइ राखेका थिए भने सिए मिरा पोखरेल उक्त प्यानल डिस्कसनमा मोडरेटरका रुपमा उपस्थित थिईन्। उक्त प्यानल डिस्कसमा सिए प्रोफेसनमा भोग्नु परेका चुनौती र प्रोफेसनमा पहिलाहरुको सम्भावनाका बारेमा छलफल भएको थियो।
कार्यक्रमा सिए रितिशा श्रेष्ठले आफ्नो यात्राको कथा प्रस्तुत गर्नु भएको थियो भने विष्णु कला राइ र रंजित चौलागाईंले आफ्नो कवितासमेत प्रस्तुत गरेका थिए।
प्रतिक्रिया दिनुहोस्