Skip to content

बिधार्थीहरुलाई भ्रम छरिरहेछ आईक्यान !

आफ्नो वेब साइट लगायत आईटि बिभागका लागि लाखौँ पैसा खर्च गर्ने आईक्यानले बिधार्थीहरुलाई भने भ्रम बाँडीरहेको छ।  आईक्यानको वेब साइटमा क्याप वानको पढाईलाई लिएर थुप्रै भ्रमपूर्ण जानकारी राखिएको छ।  कोर्षको अवधि, शुल्क र दर्ता मितिलाई लिएर आईक्यानले आफ्नो वेब साइटमा मनपरी रुपमा जानकारी राखेको छ।  यस अघि पनि आईक्यानको वेब साइटमा थुप्रै भ्रमपूर्ण जानकारी राखिएको थियो।  कहिले परिक्षाको जानकारीलाई लिएर, कहिले हल परिक्षाको मितिलाई लिएर कहिले आरएहरुको नामावलीलाई लिएर , भने कहिले सिएहरुको नामावलीलाई लिएर आई क्यान ले भ्रमपूर्ण जानकारी तथा सुचनाहरु प्रकाशित गर्ने गरेको थियो। पछी सिए सरोकारले यसबारे समाचार प्रकाशन गरेपछी आईक्यानले उक्त सुचनाहरुलाई सच्याएको थियो। आईक्यानले आफ्नो वेब साइट अपडेटका लागि लाखौँ खर्च गर्ने गरेको छ।  तर बिधार्थीलाई भ्रमपूर्ण  जानकारी दिने सवालमा समेत आईक्यान निकै नै अगाडी देखिन्छ।  आईक्यानका विभिन्न अपडेटहरु बिधार्थीहरु माँझ पुग्ने  सबैभन्दा छिटो र छरितो तरिका वेब साइट भए पनि आईक्यानले यसमा ब्यापक लापरबाही गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्