Skip to content

हेर्दा सामान्य तर आइक्यानको गम्भीर त्रुटि, पास भएर ‘कन्भोकेसन’मा गएका सिएहरु कसरी भए विद्यार्थी ?

काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले पहिलो पटक आयोजना गरेको दिक्षान्त समारोह उपस्थित सिएहरुलाई आइक्यानको वेव साइटले भने विद्यार्थी बनाइदिएको छ । लामो समयदेखि कहिले पनि गतिलो काम नगरेको कम्पनीलाई यसपाली पनि वेवसाइट बनाउन दिएको आइक्यानले अहिलेसम्म साइटमा यस्तो त्रुटी हुँदा पनि सच्याएको छैन । साइट खोल्ने वित्तिकै देखिने विद्यार्थी सेक्सनमा सिएहरुको कन्भोकेसनको फोटो राखिएको छ । 
नेपालको प्रचलित कानुनको दफा-दफा पल्टाउने हो भने यो पनि एक किसिमको अपराध नै हो । आइक्यानको अफिसियल वेव साइट भएकाले यहाँ उल्लेखित कुराहरु आधिकारिक मान्ने गरिन्छ । अव पास भइसकेका सिएहरुलाई आइक्यानले विद्यार्थी हुन् भनेर तस्विरसहित राखेपछी यसलाई कसरी आधिकारिक मान्ने ? यो भने हेर्न बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्