Skip to content

आइक्यानको बार्षिकोत्सवमा कर्मचारीहरुको ‘मुस्कानसहितको सेवा’, १४ फोटोमा हेर्नुहोस् हँसिला कर्मचारीका रसिला मुस्कान !

‘आज त शनिबार हो नि ! आज पनि अफिस ?’
शनिबार कार्यालयको काम हुनेलाई घरमा धेरैले सोध्ने प्रश्न हो यो ।
विशेषगरी डाक्टर, पत्रकार, तथा अत्यावश्यक सेवा दिनेलाई शनिबार काम गरिरहनुपरेको हुन्छ ।
तर आइक्यानका कर्मचारीको पनि स्थिति त्यस्तै छ ।
के शनिबार भन्नु, कहिले आइक्यानको  हलटेष्ट सेडुल, कहिले विभिन्न कार्यक्रम । उनीहरुको उपस्थिति, मेहेनत उतिकै हुन्छ । यसपटक आइक्यानको बार्षिकोत्सव पनि शनिबार नै पर्यो । र सधैंझैं कार्यालयको काममै आइक्यानका कर्मचारीहरु उपस्थित थिए ।
आइक्यानका जो जति कर्मचारी उक्त समारोहमा थिए, प्राय सबै हँसिला देखिन्थे । कोहि पुरस्कार पाएर खुसी, कोहि साथीले पुरस्कार पाएर खुसी, कोहि क्यामरा अगाडी मुसुक्क हाँसेर खुसी । कोहि टिकटक बनाउन पाउँदा खुसी, कोहि धेरैपछी जमघटमा सरिक हुन पाउँदा खुसी ।  हेर्दा अधिकांस खुसी नै देखिन्थे । यहिबीच सिए सरोकारको लेन्स आइक्यानका कर्मचारीका तीनै मुस्कानमा परेको छ । हेरौं केहि फोटोहरु :
       

प्रतिक्रिया दिनुहोस्