Skip to content

सदवाहार समस्या : आइक्यानको वेव साइट पुन: डाउन, विद्यार्थी मर्कामा

  • सिए सरोकार सम्बाददाता 

धेरै पटक विभिन्न खाले समस्या देखिने आइक्यानको वेव साइटमा पुन: समस्या देखिएको छ । आइक्यानको नतिजा प्रकाशनका बेला देखिएको यस्तो समस्याले विद्यार्थी निकै मर्कामा परेका छन् । आइक्यानको वेव साइट पूर्ण रुपमा डाउन भएपछी नतिजा हेर्न मिलिरहेको छैन ।

यता कमिसनकै भरमा ग्लोबल आइटी नामक कम्पनीलाई वेव साइटको जिम्मा दिइएको आरोप लागिरहेका बेला नतिजाको बेला आएको यस्तो समस्याले यो आरोपलाई थप पुष्टि गरेको छ । यस विषयमा बुझ्न खोज्दा ग्लोबल आईटीका संचालक सम्पर्कमा आउने चाहेनन् भने आइक्यानको फोन उठीरहेको छैन ।      

प्रतिक्रिया दिनुहोस्