- सिए सरोकार सम्बाददाता
काठमाडौँ । आइक्यानले गत डिसेम्बरमा लिएको परिक्षाको नतिजा आज प्रकाशन हुने भएको छ । आज क्याप वान, क्याप टु, र क्याप थ्रीको परिक्षाको परिक्षाफल प्रकाशन हुन लागेको हो । आइक्यान स्रोतका अनुसार नतिजा १ बजेसम्म तयार भइसक्ने छ भने ३ बजेसम्ममा सबैका लागि सार्वजनिकसमेत भइसक्नेछ ।
‘नतिजा प्रकाशनको सबै तयारी सकियो । १ बजे नतिजा प्रकाशनको तयारी छ । तर आइटीले कतिको सपोर्ट गर्छ, त्यहि अनुसार ३ बजेसम्म नतिजा सबैले हेर्न पाउने लक्षका साथ तयारी गरेका छौँ ।’ आइक्यानका एक उच्च अधिकारीले भने, ‘आइक्यानको नतिजाको तयारी सबै सकिएको छ । अव औपचारिक प्रकाशन मात्र बाँकी छ ।’
नतिजा आएलगत्तै आइक्यानको वेवसाइटबाट हेर्न सकिन्छ भने त्यसको विवरण सिए सरोकारमा समेत उपलब्ध हुनेछ । थप जानकारीका लागि सिए सरोकार डटकम हेर्दै रहनुहोला ।
प्रतिक्रिया दिनुहोस्