
- सिए सरोकार सम्बाददाता
काठमाडौँ – आइक्यानले सोमबार क्याप वान, क्याप टू, क्याप थ्री र सिए सदस्यता परिक्षाको नतिजा प्रकाशित गरेको छ । गत जुन महिनामा संचालन गरिएको परीक्षाको नतिजा सोमबार प्रकाशित भएको हो ।
प्रकाशित नतिजा अनुसार एकेडेमी अफ कमर्शमा अध्ययन गरेकी सबु नेपालले क्याप वान टप गरेकी छिन् । यस्तै अंकित राय, किरण लामीछाने र रचना घिमिरे दोश्रो भएकी छिन् । यस्तै प्राइम सिएका विद्यार्थीहरु पनि आइक्यानको विभिन्न र्याङ्कमा आएका छन् । सिमा एकेडेमिक्समा अध्ययन गरेका विद्यार्थी पनि आइक्यानको र्याङ्क होल्डर भएका छन् । अवेर नतिजा आएकाले थप विवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्