Skip to content

आइक्यानको चुनाव : बैंकर राम चन्द्र खनालको काउन्सिलमा सानदार इन्ट्री, बैंकिङ क्षेत्रका एक मात्र प्रतिनिधि बन्न सफल !

  • सिए सरोकार सम्बाददाता

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को नवौं काउन्सिलको चुनावमा चार्टर्ड एकाउन्टेन्ट राम चन्द्र खनाल बिजयी बन्न सफल भएका छन् । आइतबार र सोमबार सम्पन्न सो चुनावमा उनी बिजयी भएका हुन् । बैंकिङ क्षेत्रबाट प्रतिनिधित्व गर्ने एकमात्र उम्मेदवार रहेका खनाललाई ‘सिए सहयात्री’ नामक सिएहरुको समूहको मुख्य साथ थियो । विद्यार्थी, बैंकर र सिए सबैमाझ लोकप्रिय रहेका खनाल अन्तत: आइक्यानको काउन्सिलसम्म पुगेका हुन् ।
यद्यपी खनाललाई भोट हाल्ने धेरैको मत बदर भएको देखिएको छ । विशेषगरी उनलाई भोट हाल्ने फ्रेसर सिएहरुको धेरै मत बदर भएको थियो । सोहि कारण पपुलर भोटका दाबेदार रहेका उनले सोचेजस्तो धेरै भोट ल्याउन सफल नभएपनि उनको आइक्यानको इन्ट्री भने दमदार मानिएको छ ।
हाल कुमारी बैंक लिमिटेडमा उपल्लो तहमा कार्यरत खनाल पहिलो पटक काउन्सिलमा पुगेका हुन् । खनालसँगै सन्तोष काफ्ले, भाष्कर लाला, युद्धराज ओली, छेत्र गोपाल ध्वजु, पियुष आनन्द, सुजन कुमार काफ्ले, सुजन श्रेष्ठ, प्रविन कुमार झा र सुरेन्द्र श्रेष्ठले आइक्यानको चुनावमा जीत हात पारेका छन् ।
कुल १० पदका लागि चुनावमा १६ जना भिडेका थिए । जसमा कुनाल क्याल, सन्तोष लम्साल, जयनारायण प्रतिहस्त, सतिश चन्द्र लाल, बिनय प्रकाश श्रेष्ठ, र अमन उप्रेतीले चुनाव हारेका छन् । यी मध्ये पनि कुनाल कयालको सबैभन्दा लज्जास्पद हार भएको छ । सिंगो एक्यानको नेतृत्व गरिरहेका आनन्द शर्माको समूहको समर्थनमा उठेका कयालको हारलाई विशेष अर्थका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्