Skip to content

एनकासा, आइक्यान र आइक्यान कर्मचारी संघ मिलेर गरे पुण्यको काम, अध्यक्षसहित १०३ जनाले गरे रक्तदान

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाको २२ औं स्थापना दिवसको उपलक्षमा नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था, नेपाल चार्टड एकाउन्टेन्ट्स कर्मचारी संघ र चार्टड एकाउन्टेन्ट्स विद्यार्थी संगठनको संयुक्त आयोजनामा माघ ११ गते शुक्रबार आइक्यानको केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा आइक्यानका अध्यक्षसहित आइक्यानका विद्यार्थी, कर्मचारी र अन्य केहि आगन्तुकले समेत रक्तदान गरेका थिए । आइक्यानको कर्मचारी संघ, आइक्यान र एनकासा मिलेर हरेक बर्ष यसरी रक्तदान कार्यक्रम गर्दै आएका छन् । उक्त रक्तदान कार्यक्रममा कुल १०३ जनाले रक्तदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्