
आइक्यान अन्तर्गत क्याप थ्री उतिर्ण गरी जीएमसीएस तालिम, सुचना प्रविधि तालिम लगायत सबै प्रक्रिया पूरा भइसकेपछी पनि सदस्यता दिन आनाकानी गरिएको छ । ‘के कारणले सदस्यता दिइएको छैन भन्ने कुरा पनि थाहा छैन । यसको जवाफ न आइक्यानका कर्मचारीसँग छ न आइक्यानका अन्य जिम्मेवार पधाधिकारीहरुसँग ।’ एक विद्यार्थीले सिए सरोकारलाई सुनाए ।
यता विद्यार्थीहरुले भने आइक्यानले सदस्यता नदिंदा उतिर्ण भएको ९ महिना वितिसक्दा पनि आफुहरुले केहि गर्न नपाएको गुनासो पोखेका छन् । ‘अव सदस्यता नै छैन के गर्ने भनेर अगाडी बढौं ?’ अर्का एक सिए विद्यार्थीले सिए सरोकारसँग गुनासो पोखे । उनी भन्छन्, ‘ आइक्यानमा त यस्तै हो भने नियमित उतिर्ण हुँदा पनि ७ बर्ष लाग्ने भयो। आइक्यानले विद्यार्थीका समस्या कहिले पनि बुझेन । ‘
आइक्यानमा विद्यार्थीले कहिले नभोगेको यसखाले समस्या भोग्नु परेको बताएका छन्। विद्यार्थी भन्छन्, ‘यस्तो त कहिले भएको थाहा थिएन । यसपाली हाम्रै पालामा भयो ।’ आइक्यान आफ्ना सरोकारवालाहरु, विद्यार्थी तथा सदस्यका पक्षमा काम गर्न आनाकानी गरिरहेको समेत उनीहरुले आरोप लगाएका छन्। यस अघि पनि जीएमसीएस तालिम र सुचना प्रविधि तालिम समयमा नगरेर आइक्यानले विद्यार्थीहरुलाई दुख दिएको थियो।
प्रतिक्रिया दिनुहोस्