Skip to content

लेखा व्यवसायीहरुको राष्ट्रिय सम्मेलन भोलि, नाम दर्ताका लागि आज अन्तिम मौका !

काठमाडौँ । नेपालमै पहिलोपटक हुन लागेको लेखाव्यवसायीहरुको राष्ट्रिय सम्मेलन भोलि र पर्सि (२० र २१ गते) हुने भएको छ  । नेपालमा लेखा व्यवसायीहरुलाई नियमन गर्ने निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को आयोजनामा सो सम्मेलन नेपालमा पहिलोपटक हुन लागेको हो ।
झन्डै १००० बढी लेखा व्यवसायीहरु एकै ठाउँमा भेला हुने सो कार्यक्रम कमलादी, काठमाडौँस्थित नेपाल एकेडेमीमा हुँदैछ । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आइक्यानले जनाएको छ।  विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरुसँग खास बहसको कार्यक्रम सम्पन्न हुने सो कार्यक्रममा १००० बढी सहभागीसँगै विभिन सरोकारवाला निकायका अधिकारीहरुकोसमेत उपस्थिति हुनेछ । दुई दिन सम्पन्न हुने सो कार्यक्रममा सहभागी हुन https://classregister.ican.org.np/mptrf मा क्लिक गर्न सकिनेछ ।
सो कार्यक्रममा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, राष्ट्रिय योजना आयोग, बीमा समिति, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायबाट विशेष प्रतिनिधिहरुको सहभागीता हुनेछ भने आइक्यान र सम्बन्धित निकायको सम्बन्ध, र भूमिकाबारे पनि कार्यक्रममा खास चर्चा हुनेछ । कार्यक्रममा मह जोडी अभिनित सिएसम्बन्धि टेलि चलचित्रको पनि प्रिमियर हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्