
- सिए सरोकार सम्बाददाता
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)को धनगढी शाखाको नयाँ परिसर उद्घाटन गरिएको छ । ३० जेठमा एक कार्यक्रमकाबीच आईक्यानका केन्द्रीय अध्यक्ष भास्करसिंह लालाले धनगढी शाखाको नयाँ परिसर उद्घाटन गरेका हुन् ।
शाखा कार्यालय धनगढीको तृतिय शाखा समन्वय समितिका संयोजक चिरञ्जिवी पाठकको अध्यक्षतामा आयोजना गरिएको उक्त परिसर उद्घाटन कार्यक्रममा केन्द्रीय अध्यक्ष भास्करसिंह लाला, उपाध्यक्ष सुजन कुमार काफ्ले, काउन्सिल मेम्बर पोषराज नेपाल, नेपाल राष्ट्र बैंकका प्रतिनिधि अस्मिता गोर्खाली लगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै, सोही अवसरमा ‘मोड्युल फाइनान्सियल स्टेटमेन्ट्स बेस अन एनएफआरएस फर एसएमईज’ कार्यक्रमको पनि उद्घाटन गरिएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)को धनगढी शाखा समन्वय समितिका संयोजक चिरञ्जिवी पाठकका अनुसार उक्त कार्यक्रम तीन दिनसम्म सञ्चालन हुनेछ ।
उक्त कार्यक्रममा कैलालीका रजिष्ट्रार अडिटरका साथै एसोशिएसन अफ नेपाल चार्टर्ड एकाउन्टेन्टका प्रदेश अध्यक्ष, जिल्ला अध्यक्ष तथा अन्य पदाधिकारीहरुको सहमागिता रहेको थियो । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

















































प्रतिक्रिया दिनुहोस्