Skip to content

स्थिति असामान्य हुँदै गएपछि आइक्यानको आन्तरिक रणनीति, ‘नयाँ भर्ना हुनेलाई रोकौं, पुरानालाई दिओं’

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ – आइक्यानले आईसीएआईका उत्पादनलाई रोक्ने निर्णय आजको काउन्सिल बैठकले गर्ने भएको छ । यद्यपी यो निर्णय अव भर्ना हुने विद्यार्थीका हकमा मात्र लागु हुने निर्णय गर्न लागिएको आइक्यानका एक काउन्सिल सदस्यले जानकारी दिएका छन् ।
‘आइक्यानको निर्णयले अहिलेका आईसीएआईका विद्यार्थीलाई कुनै पनि फरक पर्दैन । अव उपरान्तका भर्नामा मात्र यो निर्णय लागु हुन लागेको हो ।’ एक काउन्सिल सदस्यले भने ।
उनका अनुसार अहिले विद्यार्थी तथा सिएहरुलाई अहिले पढीरहेका विद्यार्थीलेनै सदस्यता नपाउने भन्ने भ्रम छ । ‘यो भ्रममात्र हो । अव भर्ना हुनेको हकमा मात्र यो नियम लागु हुन्छ । औपचारिक निर्णय आजै हुन्छ ।’

उनले स्थिति असामान्य हुँदै गएपछि आइक्यान यस्तो आन्तरिक रणनीतिका साथ अगाडी बढेको समेत बताए।      

प्रतिक्रिया दिनुहोस्