Skip to content

आईक्यान र आइसीएईडब्लु बीच एतिहासिक सम्झौता हुँदै

नेपाल चार्टड एकाउन्टेन्टस्  संस्था ( आईक्यान ) र बेलायतको  चार्टड एकाउन्टेन्टस्  संस्था आइसीएईडब्लुबीच एतिहासिक सम्झौता हुने भएको छ।  सम्झौतापछी आईक्यानबाट उत्पादन भएका सिएहरुले  आइसीएडब्लु ले लिने तीन बिषयको परिक्षा दिएर बिना कुनै आर्टिकल्शिप आइसीएईडब्लुको सदस्यता पाउने भएका छन्। बिश्वमै चर्चित सिए संस्था आइसीएईडब्लुसंगको सम्झौतापछी आईक्यानबाट सिए उतिर्णहरुले सदस्यताका लागि आइसीएडब्लुमा आबेदन दिन सक्नेछन् ।  हाल भारतीय बोर्ड आइसीएआइ बाट उतिर्ण सिएहरुले  दुई  बिषयको परिक्षा दिएपछी आइसीएईडब्लुको सदस्यता पाउने गरेका थिए भने बेलायतको आउँदो आर्थिक बर्षदेखि भारतीय बोर्डबाट उतिर्ण सिएहरुले पनि आइसीएडब्लुको सदस्यताका लागि तीन बिषयको परिक्षा दिनुपर्ने नियम ल्याउन लागिएको छ । 
सीओपीका लागि आइसीएआई  भन्दा आईक्यानलाई प्राथमिकता : हाल आइसीएआइका उत्पादनहरुले आइसीएईडब्लुबाट सीवोपी लिन सदस्यता पाईसकेपछी पनि ३ वर्षको तालिम हाँसिल गर्नु पर्ने नियम छ।  तर सम्झौतापछी आइक्यानबाट सिए उतिर्ण गरी आइसीएईडब्लुले छनोट गरेका नेपाली सिए  फर्महरुमा आर्टिकल्शिप सकेका उत्पादनहरुले भने बिना कुनै तालिम सिधै आइसीएडब्लुबाट सीवोपी प्राप्त गर्न सक्नेछन्।  नेपालमा आइसीएईडब्लुका लागि कुन फर्म छनोटमा पर्छन भन्ने बारे भने सम्झौताकै बेला सार्वजनिक गरिने बुझिएको छ। तर यो नियम भने नेपाल बोर्डकै उत्पादनलाई मात्र लागु हुनेछ। भारतीय बोर्डबाट सिए उतिर्णहरुले भने सीवोपीका लागि अनिवार्य रुपमा तीन वर्षको तालिम गर्नु पर्नेछ।  सम्झौताका लागि विभिन्न गृहकार्य गर्न आइसीएईडब्लुका प्रतिनिधि छिट्टै नै नेपाल आउन लागेको आईक्यानका उपाध्यक्ष प्रकाश लम्शालले सिए सरोकारलाई बताए। 
आइसीएईडब्लुसंगको सम्झौतासंगै सीपीए अस्ट्रेलियासंग पनि बाटो खुल्दै : आइसीएईडब्लुसंगको सम्झौता अन्य देशहरुसंग सम्झौता गर्नका लागि कडी साबित हुनेछ।  आइसीएईडब्लुपछी आईक्यानले अस्ट्रेलियासंग पनि सम्झौता गर्न बाटो खुल्ने समेत आईक्यानका उपाध्यक्ष प्रकाश लम्शालले सिए सरोकारलाई जानकारी दिनु भएको छ। यसरि विभिन्न सिए इन्स्टिच्युटहरुसंगको सम्झौताले आइसीएआइलाई पनि नैतिक दवाव पर्ने अड्कल समेत काटिएको छ।

प्रतिक्रिया दिनुहोस्