Skip to content

आइक्यानको करियर एक्स्पोको पहिलो दिन… पढ्नुहोस् यी रमाइला १० घटना

विहानदेखिनै ट्रेड टावर थापाथलीमा कार्यक्रममा सहभागीता जनाएका कोचिङ सेन्टरका प्रतिनिधिको राम्रै चहलपहल थियो । विद्यार्थी आउँछन् वा आउँदैनन् भन्ने बिषयमा सबैलाई चिन्ता थियो । पोहोरजस्तै एक्स्पो फ्लप हुने त होइन भन्ने शंका सबैमा थियो । एक्स्पो सुरु भयो । आइक्यानका उपाध्यक्षले कार्यक्रमको उद्घाटन गरे । कार्यक्रम सुरु त भयो  तर बजारमा गरिएको प्रचार अनुसार विद्यार्थी आएनन् । आइक्यानमा पढिरहेका विद्यार्थीहरु आइक्यानको एक्स्पो कस्तो रहेछ भनेर  समेत बुझ्न गएका थिए । कसैले एक्स्पो राम्रो भएको प्रतिकृया दिए । यस्ता एक्स्पोले गर्दा सिए पढ्न चाहानेहरुलाई निकै फाइदा पुगेको पनि केहि विद्यार्थीहरुको प्रतिकृया थियो । सौनक  भट्टको प्रश्तुती धेरैले रुचाए । उक्त एक्स्पोमा केहि रमाइला घटनाहरु पनि घटे।  हेरौं १० रमाइला घटना :

  • एक अभिवावक आफ्नी छोरी सहित प्राइम सिएबारे बुझ्न त्यहाँसम्म पुगेका रहेछन् । त्यहाँ प्राइमको स्टल नदेखेपछि उनी प्राइम खोज्दै नयाँ बानेश्वर आएका थिए ।
  • बन्द भइसकेको एसबिबिआरबारे बुझ्न आएका विद्यार्थी पनि भेटिए एक्स्पोमा । आफ्ना आफन्त केहि समय अघि एसबिबिआरमा पढेको भन्दै उनी एसबिबिआरबारे बुझ्न आएका थिए । उनले सबैका स्टल हेरेर फर्किए ।
  • आइक्यान पढिरहेका विद्यार्थीहरु पनि एक्स्पोमा राम्रै संख्यामा भेटिए । लगभग एक्स्पो हेर्ने विद्यार्थीहरुमध्ये  आइक्यानमा पढिरहेका र नयाँ लगभग उहि संख्यामा भए ।
  • आइक्यानबाट सम्बन्धन नलिएका कतिपय सिए इन्स्टिच्युटले ट्रेड टावर बाहिरनै पनि प्रचार सामाग्री बाँढे ।
  • एक्सपोमा सहभागी नभएका कतिपय सिए इन्स्टिच्युटले कार्यक्रमबारे बुझ्न आफ्ना प्रतिनिधिलाई विद्यार्थी भएको भन्दै पठाए । तीनले सबै स्टल घुमेर आफ्नो इन्स्टिच्युटमा त्यहाँ भएका क्रियाकलापहरु सुनाए ।
  • एक इन्स्टिच्युटले घुमाउरो पाराले अर्को इन्स्टिच्युटको विरोध गरेको पनि पाइयो ।
  • फुर्सदमा रहेका केहि इन्स्टिच्युट प्रतिनिधिहरु अन्य सिए इन्स्टिच्युटका बारेमा गफिन नै व्यस्त थिए ।
  • आइक्यानले अरुले उद्घाटन गरीसकेको भवन दोश्रो पटक पनि उद्घाटन गर्न लगाएको कुरा थाहा पाएपछि पूर्वराष्ट्रपति रामवरण यादवले आइक्यानको कार्यक्रम मौन रुपमा अन्त काम छ भनेर टारेको हल्ला पनि सुनियो ।
  • पोहोर साल आइक्यान एक्स्पोमा संकलन भएको विद्यार्थीको तथ्यांक दुरुपयोग भएको हल्ला पनि चल्यो एक्स्पोमा । एक इन्स्टिच्युटसँग नाम जोडेर आइक्यान अध्यक्षका बारेमा खुब गफिए इन्स्टिच्युट सञ्चालकहरु ।
  • खर्चको हिसावकिताव गर्नेहरु पनि उत्तिकै थिए । यसपालीको एक्स्पो शत प्रतिशत घाटामा भएको गुनासो पोख्दै थिए कोहि इन्स्टिच्युट प्रतिनिधि ।
  • सिए सरोकारका सम्पादक किन आएनन् भन्ने पनि हल्ला चल्यो । सिए सरोकारले सिए सप्ताह संचालन गरिरहेकाले आफ्ना एक प्रतिनिधि पठाएको थियो । तर करिव १ घण्टा बसेर सबैजसो इन्स्टिच्युटका व्यहोरा नियालेका उनलाई कसैले पनि पत्रकार भनेर  चिनेनन् ।                            

प्रतिक्रिया दिनुहोस्