- सिए सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को डिसेम्बर इन्टेकको परिक्षा आउँदो डिसेम्बर ८ देखि हुने भएको छ । यसअघि आइक्यानका उपाध्यक्षले डिसेम्बर १३ बाट परिक्षा गर्ने जानकारी गराएको भएपनि सकेसम्म छिटो परिक्षा सक्नुपर्ने प्रस्ताव शिक्षा समितिमा आएपछि मितिलाई थोरै परिमार्जन गरी परिक्षा तालिका सार्वजनिक भएको हो ।
आइक्यानमा आइतबारबाट हुन लागेको आन्दोलनले सिर्जना गर्न सक्ने सम्भावित जोखिम टार्नसमेत परिक्षा अलि छिटो सुरु गर्ने काम भएको आइक्यानका एक उच्च अधिकारीले जानकारी गराएका छन् । विद्यार्थी उक्त आन्दोलनमा सहभागी नहुन् भन्नका लागि पनि परिक्षा केहि दिन अगाडी सारिएको उनको दाबी छ ।
कोरोना भाइरसको संक्रमणका कारण परिक्षा गत जुनमा समेत रोकिएको थियो ।
तर यसपालीको परिक्षा पनि बिबिएसको परिक्षासँग जुधेको छ । जसका कारण विद्यार्थीहरु मारमा परेका छन् । अर्कोतर्फ शनिबार पनि ग्याप नराखी रुटिन सार्वजनिक गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्