
- सिए सरोकार सम्बाददाता
काठमाडौँ । कोरोना प्रकोपका कारण देशभर लकडाउन छ । सबैतिर त्रास छ । एसइइ, प्लस टु, स्नातक, स्नातकोत्तरका सबैजसो परिक्षा स्थगित छन् । यहि बेला सिए अध्ययनरत विद्यार्थीहरु जुन महिनाको परिक्षा हुन्छ कि हुँदैन भन्ने दोधारमा छन् । हामीले यहि विषयमा आइक्यानको आधिकारिक धारणा मागेका छौं ।
‘लकडाउन खुलेर स्थिति सहज भयो भने परिक्षा हुन्छ । यो बेला विद्यार्थीहरुका लागि निकै राम्रो समय हो । विद्यार्थीहरुले लकडाउनका समयमा राम्रो तयारी गरेको हुनुपर्छ । तुरुन्त परिक्षा गरियो भने सबैलाई फाइदा छ । तर प्रशासनिक रुपमा परिक्षा संचालन गर्न सम्भव कतिको छ भन्ने कुरामा छलफल गर्न बाँकी छ ।’ आइक्यान अध्यक्ष कृष्ण आचार्यले भने ।
आइक्यानले हालसम्म परिक्षाको नोटिस निकालेको छैन । ‘सकेसम्म समयमै परिक्षा संचालन गर्दा सबैलाई फाइदा हुन्छ । अव स्थिति के हुन्छ त्यो हेर्न बाँकी नै छ ।’ आइक्यान अध्यक्ष आचार्यले भने ।
प्रतिक्रिया दिनुहोस्