
- सिए सरोकार सम्बाददाता
काठमाडौँ – नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) कि कर्मचारी स्वेता चित्रकारले इम्प्लोई अफ दी एयर अवार्ड प्राप्त गरेकी छिन् । आइक्यानमा कार्यरत कर्मचारीमध्ये बर्षभरी उत्कृष्ट काम गर्ने कर्मचारीहरुमध्ये हरेकबर्ष दुई जनालाई दिइने सम्मानमध्ये महिलाअम्ध्येको अवार्ड उनले पाएकी हुन् ।

२२औँ आइक्यान दिवसको अवसरमा काठमाडौँको होटल र्याडीसनमा आयोजित एक भव्य कार्यक्रमका बीच उनी सम्मानित भएकी हुन् । उक्त कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाका अलावा, उपमहालेखा परीक्षक, नेपाल राष्ट्र बैंकका गभर्नर, आइक्यानका पूर्व अध्यक्षहरु, पार्षद्हरु, आइक्यानका कर्मचारी लगायत अन्य विशिष्ट अथितिहरुको बाक्लो उपस्थिति थियो ।
उक्त कार्यक्रममा आइक्यानमा महत्वपूर्ण योगदान दिने आइक्यानका पूर्व अध्यक्षहरु, विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरु र सिएको विभिन्न तहका परिक्षामा उत्कृष्ट हुने अन्य विद्यार्थीहरुलाईसमेत सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्