आउँदो जेष्ठ २९ गते हुने आईक्यानको चुनावका लागि उमेद्वारी दिने आज पहिलो दिन आईक्यानमा निकै नै चहल पहल देखिएको छ। विभिन्न गुट बनाएर आईक्यानमा आएका सिए तथा आरएहरुले आ-आफ्नो उमेद्वारी दर्ता गरेका छन्। नेपाल बोर्डका पहिलो सिए भव नाथ दाहालदेखि पछिल्लो पुस्ताका नील सारुले आफ्नो उमेद्वारी दिएका छन्।

आईक्यानका उपाध्यक्ष समेत रहेका प्रकाश लम्शाल पनि आईक्यानको कार्यालय नखुल्दै
आईक्यान पुगेका थिए। करिव ९ बजे तिर आईक्यान पुगेका लम्शालले पनि आशन्न
आईक्यानको चुनावमा आफ्नो नाम दर्ता गराएका छन्। पछिल्लो समय केहि
बिबादमा परेका भए पनि चुनाव जित्ने उमेद्वारका रुपमा प्रकाश लम्शाललाई
हेरिएको छ।

यो समाचार तयार गर्दा सम्म सिए जगन्नाथ उपाध्याय, सिए कृष्ण
भट्टराई, सिए भवनाथ दाहाल, सिए महेश गोदार, सिए भरत रिजाल, सिए पियुष
आनन्द, सिए सुनिल जागेबन्जा , सिए प्रमोद स्वर्णकार, सिए भास्कर लाला , सिए
महेश खनाल , सिए नील सारु , र सिए प्रकाश लम्शालले आईक्यानको चुनावका लागि
उमेद्वारी दिएका छन्।

अडानका तर्फबाट पूर्व घोषित चार उमेद्वारले
आफ्नो नाम दर्ता गराएका छन् भने आरएहरु तर्फ आफुलाई अडान बाहिरको
उमेद्वार बताउने ३ जनाले उमेद्वारी दर्ता गराएका छन्। आरए हरि बहादुर
कार्की, आरए राजु केसी , र आरए रण बहादुर बिष्टले अडान बाहिरबाट आफ्नो
उमेद्वारी दर्ता गराएका छन्।

आशन्न चुनावका लागि भोलि सम्म आफ्नो नाम दर्ता गराउने समय छ। यद्यपी अधिकांश उमेद्वारहरुले आज नै आफ्नो नाम दर्ता गराएका छन्। सिए सुरेश देवकोटा लगायत केहिले आफ्नो नाम भोलि मात्रै दर्ता गर्ने बुझिएको छ भने आरएतर्फ भोलि थप एक उमेद्वारले आफ्नो नाम दर्ता गराउने बुझिएको छ।

आइक्यानमा उपस्थित विभिन्न उमेद्वारहरुले आइक्यानमा उपस्थित अन्य सिएहरुलाई आफुलाई सहयोग गर्न अनुरोध गरेका थिए। यता आरएहरुतर्फ भने अडान र अडान बाहिरका गरी दुइ गुटमा आएका सिएहरुले आइक्यान परिसर भित्र आ-आफ्नो जीतको दाबी गरिरहेका थिए।
प्रतिक्रिया दिनुहोस्