आईक्यानको आशन्न चुनावमा ४ सिटका लागि हुने आरएहरुको चुनावमा २ भिन्न समूहहरु देखिएका छन्। संस्थागत रुपमा अडानले आफ्ना चार उमेद्वारको घोषणा गरी उमेद्वारी समेत दर्ता गरिसकेको छ भने यता अडान बाहिरका समूह बाट पनि तीन जनाको उमेद्वारी दर्ता भएको छ।
हाम्रा चारै उमेद्वार को जीत निश्चित छ: अडान : उमेद्वारी दर्ता गर्ने क्रममा आईक्यानमा उपस्थित आरएहरुलाई सम्बोधन गर्दै अडानका तर्फबाट मोहन सुबेदीले आफ्ना चारै उमेद्वारको जीत सुनिस्चित भएको दावी गरेका छन्। आरएहरुका विभिन्न मागहरुमा अडानले उल्लेखनीय भूमिका खेलेको भन्दै आरए सुबेदीले आफ्ना चार उमेद्वारको जीत नै आरएहरुको जीत भएको बताउनुभएको छ। साथै कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफ्ना चार उमेद्वार बाहेक उमेद्वारी दर्ता गर्नुहुने अन्य आरएहरुले उमेद्वारी फिर्ता लिने बिश्वाश समेत लिनु भएको छ।

अडानका तर्फबाट सूर्यप्रसाद अधिकारी,
यादवप्रसाद न्यौपाने, ध्रुवप्रसाद पौडेल र गणेशराज राई उमेद्वारका रुपमा
अगाडी आएका छन् भने अडान बाहिरबाट हरि बहादुर कार्की, आरए राजु केसी , र
आरए रण बहादुर बिष्टले आफ्नो उमेद्वारी दर्ता गराएका छन्।
यादवप्रसाद न्यौपाने, ध्रुवप्रसाद पौडेल र गणेशराज राई उमेद्वारका रुपमा
अगाडी आएका छन् भने अडान बाहिरबाट हरि बहादुर कार्की, आरए राजु केसी , र
आरए रण बहादुर बिष्टले आफ्नो उमेद्वारी दर्ता गराएका छन्।
प्रतिक्रिया दिनुहोस्