Skip to content

आइक्यानको काउन्सिल चुनाव आगामी जेठ अन्तिम साता हुने, सिए सरोकारको ‘आइक्यान इलेक्सन एक्सप्रेस’ सुरु !

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल चार्टड एकाउन्टेन्टस् संस्था (आइक्यान) को आगामी काउन्सिलका लागि २०७८ जेठ अन्तिम साता चुनाव हुने भएको छ । १० पार्षदका लागि झन्डै २०-२१ जना उम्मेदवारहरु उठ्ने उक्त चुनाव जितेकाहरुमध्येबाट अध्यक्ष र उपाध्यक्षको निर्वाचन हुनेछ । चुनावका लागि प्रत्यासीहरुले तयारी थालिसकेका छन् । चुनावमा उठ्ने उम्मेदवारहरुले मतदाताहरुलाई फोन गर्ने, भेट्ने, सहयोग माग्ने, गर्न थालिसकेका छन् । 

‘आइक्यान इलेक्सन एक्सप्रेस’ सुरु 

आइक्यानको चुनाव लागेसँगै सिए क्षेत्रको पहिलो डिजिटल पत्रिका सिए सरोकार डटकमले आइक्यान इलेक्सन एक्सप्रेस सुरु गरेको छ । यो स्तभमा चुनावसम्बन्धि खास अपडेटहरु प्रस्तुत हुनेछन् । चुनावमा उठ्ने उम्मेदवारहरुको विवरण, क्यान्डीडेट वाच, चुनावी माहोलका अपडेटहरु, प्रत्यासीका एजेन्डाबारे छलफल लगायतका सामाग्री प्रस्तुत हुनेगरी आइक्यान इलेक्सन एक्सप्रेस सुरु गरिएको सिए सरोकार डटकम संचालक कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरज प्याकुरेलले बताएका छन् । यो चुनावमा इतिहासमै पहिलोपटक चुनाव लड्नेहरुको प्रोफाइलसहितको विशेष सामग्रीको प्रकाशनको तयारीसमेत सिए सरोकारले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्