Skip to content

आइक्यानको नयाँ अध्यक्षमा प्रकाश जंग थापा निर्विरोध, उपाध्यक्षमा लाला र निरौला भिड्दै !

  • सिए सरोकार सम्बाददाता 

काठमाडौँ – आइक्यानको नयाँ अध्यक्षमा प्रकाश जंग थापाले मात्र मनोनयन दर्ता गरेपछि उनी निर्विरोध अध्यक्ष हुने भएका छन् । अहिले दिउँसो २ बजेसम्म दिईएको समयमा उनले मात्र मनोनयन दर्ता गराएका छन् ।
यता उपाध्यक्षमा भने भाष्कर सिंह लाला र जगन्नाथ उपाध्याय निरौला भिड्ने भएका छन् । अधिकांस सिए लालाकै पक्षमा देखिएका छन् । अव बल ४ आरएकै कोर्टमा छ । उनीहरुले जसलाई भोट हाल्छन्, उपाध्यक्ष उसैले जित्नेछ । कसलाई भोट हाल्ने भन्ने विषयमा ४ आरए बीचको छलफल जारी छ ।    
भाष्कर लालाले चौथो पटक उपाध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका हुन् । आइक्यानको उपाध्यक्ष बन्ने उनको  सपना चौथो पटकमा आएर पूरा हुने सम्भावाना धेरै छ ।

प्रतिक्रिया दिनुहोस्