
- सिए सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को नवौं काउन्सिलको चुनावमा चार्टर्ड एकाउन्टेन्ट सन्तोष काफ्ले पपुलर मतसहित बिजयी बन्न सफल भएका छन् । आइतबार र सोमबार सम्पन्न सो चुनावमा काफ्लेले कुल १२७ पहिलो भोट ल्याएर जित हाँसिल गर्न सफल भएका हुन् ।
लामो समय विदेशमा रहेरसमेत काम गरेको अनुभव भएका काफ्ले हाल आइमार्कमा प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत छन् ।
बाहिर खासै नचिनिएका काफ्लेलाई सिए भरत रिजालसहितको टिमको समर्थन थियो । काफ्लेको भोटले यो समूह सिए क्षेत्रमा अहिले कतिको बलियो रहेछ भन्नेसमेत पुष्टी गरेको छ ।
प्रविधिमा काम गरेका काफ्लेको जितसँगै आइक्यानले पनि प्रविधिमा ठुलो फड्को मार्ने आशा गरिएको छ ।
काफ्लेसँगै सिए भाष्कर लाला, युद्धराज ओली, राम चन्द्र खनाल, छेत्र गोपाल ध्वजु, पियुष आनन्द, सुजन कुमार काफ्ले, सुजन श्रेष्ठ, प्रविन कुमार झा र सुरेन्द्र श्रेष्ठले आइक्यानको चुनावमा जीत हात पारेका छन् ।
कुल १० पदका लागि चुनावमा १६ जना भिडेका थिए । जसमा कुनाल क्याल, सन्तोष लम्साल, जयनारायण प्रतिहस्त, सतिश चन्द्र लाल, बिनय प्रकाश श्रेष्ठ, र अमन उप्रेतीले चुनाव हारेका छन् । यी मध्ये पनि कुनाल कयालको सबैभन्दा लज्जास्पद हार भएको छ । सिंगो एक्यानको नेतृत्व गरिरहेका आनन्द शर्माको समूहको समर्थनमा उठेका कयालको हारलाई विशेष अर्थका साथ हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस्