Skip to content

आइक्यानको चुनाव : आइतबारको माहोल हेर्दा क-कसले जित्लान् ? कसले हार्लान् ?

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को नवौं काउन्सिलका लागि आइतबार र सोमबार मतदान भईरहेको छ । आइतबार बिहान ७ बजेदेखि आइक्यान परिसरमा चहलपहल सुरु भएको थियो । आइतबार बेलुकीसम्म सिएतर्फ कुल ६२५ फिजिकल भोट खसेको छ भने पोष्टल सहित ७९३ भोट खसेको छ । आइतबारको चुनावी माहोल हेर्दा जितहारको प्रष्ट संकेतसमेत देखिएको छ ।
आइतबारको चुनावी माहोल हेर्दा सबैभन्दा बढी भोट युद्ध ओलीले नै ल्याउने देखिएको छ । उनी उपाध्यक्ष भएका कारण यो स्वाभाविक पनि थियो । त्यसपछि सबैभन्दा राम्रो माहोल राम चन्द्र खनालको पक्षमा देखिएको छ भने त्यसपछि सबै भन्दा राम्रो माहोल सुजन श्रेष्ठको पक्षमा देखिएको छ । अर्थात यी ३ उम्मेदवारको जित लगभग निश्चित भईसकेको छ ।
त्यसपछि अप्रत्यासित राम्रो गर्न सफल भएका सिए हुन् पीके झा । के होला भन्ने धर्मर देखिएका झाको भोट बैंक राम्रो देखिएको छ । उनले पनि चुनाव जित्ने लगभग निश्चित भईसकेको छ ।
नेपाल बोर्डका तीनै जनाले चुनाव जित्ने संकेत देखिएको छ । सुरेन्द्र श्रेष्ठ र छेत्र गोपाल प्रधान दुबैको माहोल निकै राम्रो छ। यी दुबैले चुनाव जित्ने लगभग निश्चित भएको छ । सन्तोष लम्सालले पनि चुनाव जित्ने देखिएको छ। यद्यपी उनको आउनुपर्ने जति भोट नआउने संकेत छ । कतिपयले उनलाई गाह्रो पर्न लागेको हो कि भन्ने विश्लेषण त गरेका छन् तर अहिलेसम्म उनी सेफ जोनमै देखिएका छन् ।
सन्तोष काफ्लेले पनि जित्ने देखिएको छ । यद्यपी उनले सोमबार पनि राम्रै मेहेनत गर्नुपर्ने देखिएको छ ।
पियुष आनन्दको भोट औसत झरेको छ भने भाष्कर लालाको माहोल भने बाहिर सुनिएजस्तो राम्रो नरहेको देखिएको छ। आइतबारकै पारामा मात्र सोमबार मत खस्यो भने लालाले नहार्लान भन्न सकिने अवस्था रहेको छैन ।
बिनय प्रकाश श्रेष्ठले लगभग चुनाव हार्ने देखिएको छ। अन्तिम समयमा आएर उनका थुप्रै भोट पियुष आनन्दलाई गएको देखिन्छ । पियुष आनन्दले चुनावी माहोल राम्रो देखिएको छ । यहि बुझेर उनी दुई नम्बर भोटको पछी लागेका छन्।  दुई नम्बर भोटले पनि यसपाली राम्रै असर गर्नेछ । 
सतिश चन्द्र लालले चुनाव हारिसके भन्दा फरक पर्दैन। किनकि उनको माहोल नगन्य छ । सुजन काफ्लेको भोट पनि आस गरिए अनुसार राम्रो देखिएको छैन ।
कुनाल कायलले चुनाव जित्ने लगभग पक्कापक्की देखिएको छ । उनका पक्षमा राम्रो माहोल बनेको छ । अमन उप्रेतीले आइतबारकै पारा हो भने चुनाव नजित्ने देखिएको छ । यद्यपी उनका भोटर सोमबार अलि बढी हुने अपेक्षा गरिएका हुनाले सम्भावना भने राम्रो छ ।
समग्रमा,
युद्ध ओली, सुजन श्रेष्ठ, रामचन्द्र खनाल, पीके झा, कुनाल कयाल, सुरेन्द्र श्रेष्ठ, छेत्र गोपाल प्रधानले लगभग चुनाव जित्ने देखिएको छ । सन्तोष काफ्ले, पियुष आनन्द, भाष्कर लाला, सन्तोष लम्साल र सुजन काफ्ले मध्ये ३ जनाले बाजी मार्ने देखिन्छ । बिनय प्रकाश श्रेष्ठ, जेएन प्रतिहस्त, सतिश चन्द्र लालले लगभग चुनाव हारेको देखिएको छ।
सोमबार पनि मतदान जारी छ । सोमबारबाट नै आरएतर्फको मतगणना सुरु हुनेछ भने सोमबार बेलुकीदेखि सिएहरुको पनि मतगणना सुरु हुनेछ। मंगलबार विहानसम्ममा मतगणना सकिने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्