
- सिए सरोकार सम्बाददाता
काठमाडौँ- आइक्यानको काउन्सिलको निर्वाचन आज सम्पन्न भएको छ । विहान ९ बजेदेखि सुरु भएको निर्वाचन बेलुकी ५ बजे सम्पन्न भएको हो । सिंहदरबार अगाडी रहेको नेशनल ट्रेडिङको हाताभित्र रहेको योगम्बर बैंकोइटमा निर्वाचन सम्पन्न भएको हो । निर्वाचन परिसरमा विहानैदेखि सिएहरुको बाक्लो उपस्थिति थियो भने निर्वाचन क्षेत्र गाडीले खचाखच भरिएको थियो । १० जना काउन्सिल सदस्यका लागि १५ जनाले उम्मेद्वारी दिएको निर्वाचनमा आइक्यानको परिचयपत्र अनिवार्य गरिएको थियो ।
निर्वाचन सम्पन्न भएसँगै मतगणनाको काम केहि समयमा सुरु हुने बताइएको छ । निर्वाचन निकै शान्तिपूर्ण तरिकाले सम्पन्न भएको बताइएको छ । यद्यपी अन्तिम समयमा भोटहरुभने उथलपुथल भएको संकेत देखिएको छ । मतगणनाको अपडेट सिए सरोकारमा समेत हुनेछ । हेर्दैरहनुहोला ।




प्रतिक्रिया दिनुहोस्