
- सिए सरोकार सम्बाददाता
काठमाडौँ – मंगलबार आइक्यानले दिक्षान्त समारोह गर्ने भएको छ । आइक्यानबाट उतिर्ण भएका सिएहरुलाई पहिलो पटक दिक्षान्त गर्न लागिएको हो । तर आइक्यानको यो समारोहमा व्यवस्थापन पक्ष भने कमजोर देखिएको छ । सुरक्षा व्यवस्थाको ख्याल गरिएको छैन भने राष्ट्रपति आउने कार्यक्रममा हुनुपर्ने जति तयारी भएको छैन । कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ ।
यता दिक्षान्तको मूल्य र मान्यता विपरित रहर कै भरमा दिक्षान्त समारोह आयोजना गरेर सिएहरुकै बेइज्जत गरिएको केहीको तर्क छ । ‘दिक्षान्तको खास अर्थ हेर्ने हो भने दिक्षान्त नभई कोहि उक्त क्वालिफिकेसनका लागि योग्य हुँदैन । नेपालका पहिलो सिए समेत दिक्षान्त हुने भन्ने कुरा सुनिएको छ । यसले उहाँले यत्रो समय गर्नुभएको योगदानको गलत व्याख्या भएको छ । आइसीएआइले पनि दिक्षान्त समारोह सुरु गर्दा उक्त बर्ष उतिर्ण गरेकाहरुबाट नै सुरु गरेको थियो । ‘ एक सिएले सिए सरोकारलाइ बताए ।
यता व्यवस्थापकीय पक्ष पनि कमजोर देखिएको छ । दिक्षान्त समारोहका नाममा आइक्यानका ‘ठुला-ठालु’हरु मिलेर मनपरी खर्च गरेको चर्चा आइक्यानभित्रै चल्न थालेको छ । केहि दिनअघि पत्राकार नै नबोलाई पत्रकार सम्मेलन गरेको भन्ने हवाला चलाएको आरोप आइक्यानलाइ लागेको थियो ।
प्रतिक्रिया दिनुहोस्