Skip to content

आइक्यानको दिक्षान्त समारोह भव्य रुपमा सम्पन्न, सुधारियो अघिल्लोपटकको गल्ती !

काठमाडौँ । नेपाल चार्टड एकाउन्टेन्एट्स संस्था (आइक्यान)ले आफ्नो २३औँ बार्षिकउत्सव तथा दोश्रो दिक्षान्त समारोह भव्य रुपमा सम्पन्न गरेको छ । काठमाडौँको होटल याक एण्ड यतिमा शुक्रबार आयोजित कार्यक्रममा आइक्यानले आफ्नो बार्षिकउत्सवसँगै दिक्षान्त समारोह सम्पन्न गरेको हो ।   कार्यक्रममा माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल प्रमुख अथिति रहेका थिए ।

सुधारियो अघिल्लोपटकको गल्ती !
अघिल्लो कन्भोकेसनमा राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अथितिका रुपमा समारोहमा उपस्थित थिइन् । केहिलाई मात्र राष्ट्रपतिको हातबाट दिक्षान्त गराइएको भन्दै अघिल्लो समारोह निकै विवादित बनेको थियो । तर यसपाली दीक्षित हुने सबैलाई एक एक गरी ‘दीक्षित’ गरिएको थियो । अघिल्लो पटक भएको गल्ती यसपाली नदोहोर्याउन आइक्यानका अध्यक्ष आफैँ लागेका थिए । कार्यक्रममा उपस्थित धेरैले आफुहरु दिक्षान्त समारोहमा खुसी रहेको प्रतिक्रिया दिएका छन्।   
अबदेखि हरेक बर्ष दिक्षान्त समारोह हुन्छ : अध्यक्ष आचार्य 
यता आइक्यानका अध्यक्ष कृष्ण प्रसाद आचार्यले अवदेखि हरेक बर्ष आइक्यानको दिक्षान्त समारोह हुने बताएका छन् । यसपटकको दिक्षान्त  समारोह केहि ग्यापमा भएको थियो । आइक्यानको दिक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले अबदेखि नियमित रुपमा दिक्षान्त समारोह हुने बताएका हुन् ।     

प्रतिक्रिया दिनुहोस्